कोमल वलीले नेता रघुजी पन्त विरुद्ध मुद्धा दायर

आदर्श अनलाइन, काठमाडौँ
नेपाल कम्युनिष्ट पार्टी एमालेबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसद कोमल वलीले साेही पार्टीका नेता रघुजी पन्त विरुद्ध गाली बेइज्जतीको मुद्धा दायर गर्नु भएको छ ।

सांसद वलीले मंगलबार काठमाडौं जिल्ला अदालत पुगेर एमालेका नेता  पन्त विरुद्ध गाली बेइज्जतीको मुद्धा दायर गर्नुभएको हो । नेता पन्तले राष्ट्रिय सभाकी सांसद वलीमाथि केही समय अघि एक कार्यक्रममा असभ्य टिप्पणी गर्नुभएकाे थियाे । सो टिप्पणीको सबैतिर तिव्र आलोचना भएको थियो । नेता पन्तले गरेको टिप्पणीले आफूलाई चोट पुगेको तथा समस्त आमा, दिदीबहिनीहरुको मान प्रतिष्ठामा चोट पुगेकाले मुद्धा दायर गर्नुपरेको राष्ट्रिय सभा सदस्य वलीेले बताउनुभयो ।

नेता पन्तको टिप्पणीले सम्पूर्ण आमा, दिदीबहिनीहरु माथि लैंगिक हिंसा भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो – उहाँले माफी माग्नुभएको छैन । मेरो आशय त्यस्तो थिएन भन्नुभएको छ । त्यसकारण उहाँले मसँग माफी पनि माग्नुभएको छैन । र यस्ता शब्दहरु प्रयोग गर्नुभएको छ कि माफ गर्न क्षम्य हुने खालको छैन । त्यसकारणले गर्दा मलाई चोट पुगेकै हुनाले र मलाई मात्र होइन समस्त आमा, दिदी बहिनीहरुको मान प्रतिष्ठामा चोट पुगेको हुनाले म मुद्धा दर्ता गर्दैछु । सम्पूर्ण आमा दिदीबहिनीहरु माथि लैंगिक हिंसा भएको हुनाले, यौनिक उत्पीडनको कुरा भएको हुनाले, यौनिकता, महिला शोषणको कुरा भएकाले कानुनी प्रक्रियामा जाने मैले निर्णय गरे । अदालतले जे निर्णय गर्छ त्यसलाई मैले आत्मसात् गर्नेछु ।

सांसद वलीले आफू माथिल्लो सदनको विधायिका भएको हुनाले आफूले आत्मसम्मानको खोजी गर्न नसके, न्यायको खोजी गर्न र न्यायको लागि बोल्न नसके अरुको अवस्था पनि त्यस्तै हुने भन्दै अदालत आउनु बाध्यता भएको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *