नेपाल घरेलु तथा साना उद्योग महासंघ बागलुङको अध्यक्षमा थापा

आदर्श अनलाइन, बागलुङ
नेपाल घरेलु तथा साना उद्योग महासंघ बागलुङको अध्यक्षमा राज थापा चयन हुनुभएको छ । संघको ३० औँ साधारण सभा तथा नवौँ अधिवेशनबाट थापाको नेतृत्वमा १५ सदस्यीय जिल्ला कार्य समिति चयन भएको छ ।

समितिको उपाध्यक्षमा पवन राजभण्डारी, महिला उपाध्यक्षमा कुशुम बुढा मगर, उपाध्यक्षमा सुवासचन्द्र लामिछाने, महासचिवमा गोविन्द राजभण्डारी, कोषाध्यक्षमा नारायण प्रसाद गौतम रहेका छन् भने अन्य सदस्यहरु रहेका छन् ।

यस्तै नि वर्तमानअ ध्यक्षमा लक्ष्मण शर्मा रहनुभएको छ । समितिको सदस्यमा अर्जुन शर्मा, मनोज थापा, राजेन्द्र बि.क, नगेन्द्र बहादुर कटुवाल क्षत्री चयन हुनुभएको छ । पाँच सदस्यीय समिति पछि मनोनित गरिने छ ।

कार्यक्रममा बोल्दै प्मुख अतिथि नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकी प्रदेशका अध्यक्ष हरिहर थापाले समृद्ध नेपाल निर्माणका लागि साना तथा घरेलु उद्योगले महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका सञ्जय श्रेष्ठ, जिल्ला महासंघका पूर्व अध्यक्ष रुद्र बहादुर महतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम लक्ष्मण प्रसाद शर्माको अध्यक्षता, गोविन्द बहादुर कार्कीको स्वागत र राज थापको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *