आदर्श अनलाइन, काठमाडौँ
नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले महासचिवबाहेक सबै पदाधिकारीलाई हटाउने निर्णय गरेका छन् ।
शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा ओलीले अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारीलाई हटाउने निर्णय सुनाएका हुन् ।
बालुवाटारमा बसेको नेकपा एमालेको केन्द्रीय समिति बैठकले पार्टी महाधिवेशनको मिति तोकेको छ । बैठकले आगामी मंसिर २ गतेबाट देखि ६ गतेसम्म हुने गरी महाधिवेशनको मिति तय गरेको हो ।
आज बसेको ओली पक्षको केन्द्रीय समिति बैठकमा माधव नेपाल पक्षको भने सहभागीता रहेको थिएन् ।