आदर्शकर्मीलाई प्रविधि र वित्तीय व्यवस्थापन तालिम

आदर्श अनलाइन, बागलुङ

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङमा कार्यरत कर्मचारीहरुका लागि सञ्चालित प्रविधि र वित्तीय व्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।

संस्थाले सञ्चालन गरेका सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मी र वित्तीय कारोबारतर्फ काम गर्ने कर्मचारीहरुका लागि तालिम सञ्चालन गरिएको हो ।

संस्थाले सदस्यहरुका लागि सञ्चालन गरेका सेवाहरुलाई प्रविधिमैत्री र थप प्रभावकारी बनाउनका लागि कर्मचारीहरुलाई दक्ष बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको संस्थाका अध्यक्ष हुमा कुमारी जिसी अञ्जुले जानकारी दिनुभयो ।

कार्यक्रममा सहजीकरण गर्दै पायोनियर एसोसियट प्रालि काठमाडौंका मुख्य अप्रेसन म्यानेजर नरेश नेपालले सहकारीले आम जनतामा वित्तीय पहुँच पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सहकारीको सेवालाई प्रविधिमैत्री बनाउन सके थप योगदान गर्न सकिने बताउनुभयो ।
उहाँले सहकारीको सेवालाई प्रविधिमैत्री बनाउन, सदस्य र आम समुदायमा वित्तीय पँहुच पु¥याउन, वित्तीय व्यवस्थापन मार्फत सामाजिक रुपान्तरणमा योगदान बढाउन कर्मचारीहरुको भूमिका प्रभावकारी हुनु पर्र्नेमा जोड दिनुभयो ।


सूचना र सञ्चारसंग वचत तथा ऋणको कारोबार गर्दै आएको आदर्श सञ्चार सहकारी संस्थाले सञ्चारमाध्यमको दीगोपनाका साथै सदस्यहरुको वित्तीय अवस्थमा सुधार ल्याउने काम गरेको भन्दै नेपालले आगामी दिनमा थप प्रविधिमैत्री र सदस्यमुखी बनाउने योजनाका साथ अगाडि बढ्न सुझाव दिनुभयो ।

संस्थाले १० वर्षे रणनीतिक योजना बनाएर सञ्चारमाध्यमको संस्थागत विकासका साथै वित्तीय क्षमता बढाउने, सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा योगदान गर्दै आएको संस्थाका सम्पादक राम बहादुर जिसीले जानकारी दिनुभयो ।

२ हजार ५ सय जना शेयर सदस्य रहेको संस्थाले धौलागिरी जागरण दैनिक, अग्रसर साप्ताहिक र आदर्शसञ्चार अनलाइन सञ्चालन गर्दै आएको छ । संस्थामा ५ करोड शेयर पूँजि, ३५ करोड वचत, ३१ करोड कर्जा लगानी र ४० करोड कुल सम्पत्ती रहेको संस्थाका प्रवन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *