फेकन गण्डकीको अध्यक्षमा भट्टराई चयन

आदर्श अनलाइन, पोखरा
स्वतन्त्र शैक्षिक परामर्स संघ (फेकन) गण्डकी प्रदेशको नयाँ कार्यसमिति चयन भएको छ । पोखरा लेकसाइड स्थित होटल सेरेनिटीको सभाहलमा सम्पन्न भएको कार्यक्रमले अध्यक्षमा जागृतप्रसाद भट्टराई चयन भएका छन् ।

जसको उपाध्यक्षमा सुनिल पराजुली, सुजन बस्नेत, महासचिवमा संजय सुवेदी, सचिव बिश्वप्रकास भुषाल, कोपाध्यक्ष नन्दु कुमार पाइजा तथा सदस्यहरुमा बिश्णु प्रसाद अधिकारी, राजु गौतम, नरेन्द्र पौडेल, सुर्य प्रसाद भन्डारी र सुरेश पौडेल चयन भएका हुन् ।

कार्यक्रममा फेकन केन्द्रीय कमिटीका अध्यक्ष बासु नेपाल, महासचिव राजु निरौला लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै फेकन केन्द्रीय अध्यक्ष नेपालले सम्पुर्ण फेकन आवद्ध व्यवसायीहरुको एकतामा जोड दिए ।

कार्यक्रम फेकन गण्डकि प्रदेशका निवर्तमान महासचिव बलराम तिमिल्सीनाको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *