सिम्रिक कृषि सहकारीद्वारा जिल्ला स्तरीय कृषि मेला सम्पन्न

आदर्श अनलाईन, बागलुङ
सिम्रिक कृषि तथा पशु व्यवसायिक सहकारी संस्था लिमिटेड बागलुङको आयोजनामा जिल्ला स्तरीय कृषि मेला प्रदर्शनी २०७७ तथा निःशुल्क बीउ बिजन वितरण कार्यक्रम शनिवार बागलुङको कुडुलेमा सम्पन्न भएको छ ।

कृषि पेशा देशको शान, उत्कृष्ट किसानको सम्मान र समृद्धि हाम्रो अभियान भन्ने नाराका साथ विभिन्न कार्यालय तथा संघ संस्थाहरुसंगको समन्वयमा संस्थले मेला सम्पन्न गरेको हो ।

No description available.

मेलामा बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाका कृषकहरुले उत्पादन गरेका गुडुरो धान, पहेलो धान, मकै, सेतो कोदो, कालो, सेतो भट्टा, सापार, बोडी, अकबरे खुर्सानी, कफि, केराउ, बेलाउती, कागती, साग, तरुल, धान, गहुँ, जहुँ, लसुन, मुला, गाजर, गोलभेडा, च्याउ, बन्दा, काउली, फर्सी, भुटेको मकै, टिमुर, बिउ बिजन तथा पशुपन्छी तर्फ शिल्की कुखुरा, जापानिज व्यान्टम, कडकनाथ, विभिन्न प्रजातीका बाख्रा, कछुवा, बटाईको चल्ला, अस्ट्रिज आदि प्रर्दशनमा राखिएको थियो ।

No description available.

कृषि मेला प्रदर्शनीको उद्घाटन पछि बोल्दै बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले कृषिलाई व्यवसायीक रुपमा अगाडी बढाउनका लागी नगरपालिकाले विभिन्न कार्यक्रमहरु ल्याएको बताउनु भयो । उहाँले कुडुलेमा कृषिको प्रवल सम्भावना रहेको ठाउँ हुनाले सिचाईको लागी समस्या नरहोस भनेर बोरिङको आयोजना यो वर्ष बाट सुरु गर्ने तयारी रहेको समेत उहाँले जानकारी गराउनुभयो ।

उहाँले श्रमलाई सम्मान गर्नुपर्दछ भन्दै किसानले आफु किसान हो भनेर गौरव गर्ने वातावरण सिर्जना गर्नु पर्नेमा जोड दिनुभयो । नगरले गत आर्थिक वर्षमा मात्र ६ सय २२ जना कृषकलाई अनुदान दिएको र यो वर्ष पनि कृषिमा ३ करोड बजेट विनियोजन गरी काम भैरहेको बताउनुभयो ।

No description available.

कार्यक्रममा संविधानसभाका सदस्य नर बहादुर थापाले कृषिलाई व्यवसायिक बनाउदै कृषकहरुलाई आत्मनिर्भर बनाउनका लागि सहकारी र स्थानीय तहबीचको समन्वयमा जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका संचालक रामबहादुर जि.सी.ले कृषकले उत्पादन गरेका बस्तुलाई संकलन र बजारीकरण राज्यले गर्नुपर्ने बताउन् भयो । देशलाई आत्मनिभर गराउनका लागि कृषिलाई प्राथामिकतामा राख्नुपार्नेमा जिसीले जोड दिनुभएको थियो ।

बागलुङ नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष ध्रुव बहादुर के.सी, कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त पौडेल, राष्ट्रिय कलाकार रेशम सापकोटा, महिलाहरुको तर्फ बाट मुक्तिनाथ बेद बिद्याश्रमका प्रधानाध्यापक शान्ति ज्ञवाली, वडा नम्वर ४ का वडा सदस्य वाणिन्द्र बहादुर के.सी र मुक्तिनाथ एकिकृत कृषि फार्मका सदस्य गोविन्द सुवेदीले कृषि क्षेत्रमा आम समुदायको आकर्षण बढाउदै व्यवसायिक रुपमा अगाडि बढाउनका लागि समन्वय र सहकार्यमा जोड दिनु भएको थियो ।

No description available.

कार्यक्रममा बागलुङ नगरपालिका नगरप्रमुख जनकराज पौडेल, वडा नम्वर ४ का वडा अध्यक्ष ध्रुव बहादुर के.सी र कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त पौडेललाई कार्यक्रममा सम्मान गरिएको थियो । कार्यक्रममा कृषि सम्वन्धी स्थानीय आमा समुहबाट लोक गित गाईएको थियो ।
कार्यक्रम सिम्रिक कृषि तथा पशु व्यवसायिक सहकारी संस्था लिमिटेड बागलुङ अध्यक्ष चुणामणी उपाध्यायको अध्यक्षयता, सचिव रमेश शर्माको संचालन र कोषाध्यक्ष जगन्नाथ सापकोटाको स्वागतमा सम्पन्न भएको थियो ।

कार्यक्रममा कृषि मेला प्रदर्शनीमा समावेश भएका कृषिजन्य उत्पादनहरुलाई विभिन्न ७ समुहमा विभाजन गरी प्रत्येक समुहबाट ४ वटा उत्कृष्ट उत्पादनलाई पुरस्कृत गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *