विष्णु खत्रीको ‘अस्पताल’ बजारमा

आदर्श अनलाइन, बागलुङ
लोकगायक विष्णु खत्रीको लोकदोहोरी गीत ‘अस्पताल’ डिजिटल बजारमा आएको छ । खत्रीको आफ्नै युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको सो गीतलाई एकै दिनमा ६५ हजार बढी पटक हेरिएको छ ।

गीतमा गायक खत्री र गायिका शान्तिश्री परियारको स्वर छ । शब्द र सङ्गीतसमेत गायक खत्रीले नै दिनुभएको छ । दिलीप रेग्मीको निर्देशन रहेको गीतको भिडियोमा कलाकार सारिका केसी, विमल केसीलगायतको अभिनय देख्न सकिन्छ ।

युवायुवतीबीचको वियोगान्त प्रेमलाई गीत र भिडियोमा मार्मिकरूपमा चित्रण गरिएको छ । दुई दशकदेखि नेपाली लोकसङ्गीतमा क्रियाशील खत्रीले यसअघि सयौँ गीतमा स्वर दिइसकेका छन् ।

नेपाली जनजीवनका भोगाइलाई गीतमार्फत जीवन्त ढङ्गले प्रस्तुत गर्न सफल गायक/सर्जक खत्रीका ‘भरिया दाइ’, ‘कि लास चाहियो, कि सास चाहियो’, ‘जम्मु कश्मिरमा’, ‘नयाँ जमना’लगायतका गीत धेरै रुचाइएको थियो ।

हेर्नुहाेस् भिडियाे

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *