नयाँ वर्षमा जैमिनीमा साँस्कृतिक मेला

आदर्श अनलाइन, बागलुङ
सम्झौता युवा क्लव जैमिनीले ९ औं वार्षिकोत्सवको आवसरमा साँस्कृतीक मेला गर्ने भएको छ । नयाँ वर्षको अवसरमा चैत २६ गते बाट वैशाख १ गते सम्म साँस्कृतीक कार्यक्रम, विभिन्न खेल र क्लबको वार्षिकोत्सव मनाउने तयारी गरिएको क्लवका अध्यक्ष सूर्यबहादुर पुनले जानाकारी दिनुभयो । मेला जैमिनी नगरपालिका ३ नेपानेमा गरिने उहाँले जानकारी दिनुभयो ।

जैमिनीमा रहेका विभिन्न जातीको संस्कृतीको प्रचार–प्रसार र प्रर्याटन पर्वद्धनको लागि मेला आयोजना गरिएको पुनले बताउनुभयो । यस अगाडीका वर्षमा तिजको अवसरमा मेला र वार्षिकोत्सव गरेको भएपनि सो समयमा पानी पर्ने, गाउँमा हिलो हुने, टाढा टाढा बाट मेला हेर्न आउन सम्भव नहुने भएकाले यो वर्षबाट नयाँ वर्षमा मेला गर्ने निणय गरेको पुनले जानकारी दिनुभयो ।

मेलामा मगर समुदायको सोरठी नाँच, झाम्रे गीत, मगर बाज, नौमती बाजा, जैमिनीमा उत्पादन भएको लोकल उत्पादनको प्रर्दशनी, युवाहरुका लागि विभिन्न खालको खेलहरु आयोजना गरिएको क्लवका सल्लाकार झमन पाण्डेले जानाकारी दिनुभयो ।

उहाँले मेलामा इन्द्रेणी टिम, जुना श्रीष लगाएतका विभिन्न राष्ट्रिय स्तरका कलाकार र स्थानीय कलाकारको सांगीतिक कार्यक्रम गरिने बताउनुभयो । कार्यक्रममा चैतको २६ र २७ गते जैमिनीका साविकका वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता, चैतको २९ गते डंबल व्याटमिन्टन प्रतियोगिता, चैत ३० गते तारा खेल (धनुषवाण) प्रतियोगिता चैत ३१ गते खुल्ला एकल नृत्य प्रतियोगिता, चैत ३१ गते लठो तान्ने प्रतियोगिताको आयोजना गरिने उहाँले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *