अमलाचौरका बिकलाई बलात्कार आरोपमा ७ वर्ष कैद,८० हजार जरिवाना

आदर्श अनलाइन,बागलुङ

४३ वर्षीया महिलालाई बलात्कार गरी गर्भवती बनाएको कसुरमा जिल्ला अदालत बागलुङले बागलुङ नगरपालिका–१२ अमलाचौरका ४० वर्षीय लिला बहादुर बिकलाई ७ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालत बागलुङका न्यायाधीश बासुदेव न्यौपानेको मंगलबारको इजलासले कसुर ठहर गर्दै जबरजस्ती करणी कसुरमा आरोपितलाई ७ वर्ष कैद सहित पीडितलाई ८० हजार रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको छ ।

पीडित महिलालाई आरोपित विकले २०७६ वैशाख १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक २९ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए । आरोपित बिरुद्ध जिल्ला अदालत बागलुङमा २०७६ पुस २९ गते जबरजस्ती करणी अभियोगमा मुद्धा दर्ता गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *