जन्मदिनमा मानव सेवा आश्रमलाई खाद्यन्न सहयोग


–आदर्श अनलाइन, बागलुङ
जन्मदिनको खर्च कटाएर मानव सेवा आश्रम बागलुङलाई मंगलबार खाद्यन्न सहयोग गरिएको छ । जन्मदिनमा अनावश्यक रुपमा गरिने खर्चलाई कटाएर मानव सेवा आश्रमलाई एक दिन पुग्ने खाद्यन्न सहयोग गरिएको हो ।

बागलुङ नगरपालिका–४ कुडुले निवासी रमेश पौडेल र रिता पौडेलकी छोरी रियासा पौडेलको पहिलो जन्मदिनको अवसरमा रु. पाँच हजार ५०० बराबरको खाद्यन्न सहयोग प्राप्त भएको मानव सेवा आश्रमका संयोजक सुमिरा लामाले बताउनुभयो ।

जन्मदिनको अवसरमा एक बोरा चामाल, दाल, नून, चिनी, तेल, साबुन र तरकारी लगायतको खाद्यन्न सामाग्री सहयोग गरिएको हो । जन्मदिनमा गरिने अनावश्यक खर्च कटाएर मानवीय सेवामा सानो भएपनि सहयोग गरेको सहयोगदाता रिता पौडेलले बताउनुभयो । मानव सेवा आश्रम बागलुङ शाखालाई जन्मदिन, पुण्य तिथीमा बढी मात्रमा खाद्यन्न तथा नगद सहयोग जुट्ने गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *