सहकारी महासंघले बनायो १० वर्षे रणनीतिक योजना

आदर्श अनलाइन, बागलुङ

राष्ट्रिय सहकारी महासंघले १० बर्षे रणनीतिक योजना तर्जुमा गरेको छ ।

चन्द्रागिरीको काठमाडौंमा गत चैत्र २ देखि ४ गते सम्म भएको रणनीतिक योजना तर्जुमा कार्यशालाले दिगो एवं मर्यादित सहकारी अभियानको नेतृत्वदायी महासंघ भन्ने ध्येय तय गरेको छ ।

कार्यशाला गोष्ठीमा पूर्व अर्थ सचिव रामेश्वर खनाल, मास्टर चेतना कोच इन्द्र गुरुङ, मनोपरामर्शदाता राजेश्वरी श्रेष्ठ र सहकारी प्रशिक्षक केशव पोखरेलले सहजीकरण गर्नुभएको थियो । पूर्व अर्थ सचिव खनालले समयमा नै रणनीति तय गर्न सकियो भने यसले ल्याउने प्रतिफल राम्रो हुने बताउनुभयो । उहाँले सबैले स्वामित्व ग्रहण हुने गरी योजना तर्जुमा गर्नुपर्नेमा समेत जोड दिनुभएको थियो ।

गोष्ठीमा महासंघका संचालक समिति, लेखा तथा सुपरिवेक्षण समितिका पदाधिकारी तथा सदस्यहरु तथा कर्मचारीको सहभागीता रहेको थियो । महासंघका अध्यक्ष मिनराज कडेलले १० बर्षे रणनीति योजना प्राप्ति गर्न सकेको खण्डमा सहकारी अभियानमा ठूलो उपलब्धी हासिल हुने विश्वास व्यक्त गर्नुभयो । महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले असल मनसायका साथ सहि निर्णय भएकाले सहकारी अभियानका लागि यो रणनीति योजना कोशेढुङ्गा सावित हुने बताउनुभयो ।

अभियानलाई माथि उठान र महासंघलाई आत्मनिर्भर बनाउनका लागि रणनीतिक योजना फोकस भएको उहाँको बुझाई छ । सहज वातावरण निर्माण, स्वनियमन र सुशासन, सवल सदस्य संघहरुको निमांण, व्यावसायीक तथा आत्मनिर्भर महासंघ, सरोकारवालाबिच सुमधुर सम्बन्धलाई प्रमुख आधार बनाएर रणनीतिक योजनाको पहिलो ड्राफ तयार भएको महासंघले जनाएको छ । यसलाई अन्तिम रुप दिएर सार्वजनिक गरिने बताइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *