लागूऔषधसहित एक पक्राउ

आदर्श अनलाइन, पोखरा
पोखरामा लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

लागूऔषधको रूपमा प्रयोग हुने नाइट्रो भ्याट ट्यावलेटसहित पोखरा १३ संगम टोलका २१ वर्षीय टिङ्कु भनिने सागर परियार पक्राउ परेको कास्की प्रहरीले जनाएको छ ।

परियारलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले फागुन ३ गते ३८९ ट्याब्लेट नाइट्रो भ्याट र एक थान मोबाइलसहित घरबाटै पक्राउ गरेको  कास्की प्रहरी प्रवक्ता, डिएसपी सुबास कुमार हमालले जानकारी दिनुभयो ।

परियारलाई लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *