रोट्रयाक्ट सप्ताह शुक्रबारदेखि

आदर्श अनलाइन, बागलुङ
सामाजिक सेवामा सक्रिय रोट्रयाक्ट क्लव अफ बागलुङले शुरुबारदेखि रोट्रयाक्ट सप्ताह मनाउने भएको छ ।

क्लवले वर्षैनी मनाउदै आएको रोष्ट्रयाक्ट सप्ताह शुक्रबारदेखि शुरु हुँने बिहीबार क्लवले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । पत्रकार सम्मेलनमा सप्ताहव्यापी रुपमा मनाउने कार्यक्रमहरुको विवरण समेत सार्वजनिक गरेको छ ।

क्लवले सार्वजनिक गरेको कार्यक्रम अनुसार शुक्रबार बिहान सप्ताहको उद्घाटन संगै निरयघाटको वृद्धआश्रमलाई खाद्यन्न तथा फलफूल वितरण, शनिबार पर्यटन प्रर्बद्धनका लागि पर्यटकीय गाउँ भकुण्डेसम्म हाइकिङ, आइतबार उपल्लाचौर आधारभूत विद्यालयलाई फस्टएड बक्स वितरण, सोमबार नेपाल पत्रकार महासंघ र क्लव बीच मैत्रिपूर्ण फुटसल प्रतियोगिता, मंगलबार बागलुङ पर्वत जोड्ने लामो पुल र ट्राफिक कार्यालय बागलुङमा बोर्ड व्यवस्थापन, बुधबार लोकतान्त्रिक चोकमा ट्राफिक सचेतना कार्यक्रम तथा स्टिकर वितरण र बिहीबार सप्ताहको समापन तथा छात्रावृति प्रदान गर्नै कार्यक्र रहको रोट्रयाक्ट क्लव अफ बागलुङका कार्यक्रम संयोजक तथा रोट्रयाक्ट सप्ताहका मूल संयोजक सौरभ केसीले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा कोरोनाका कारण यस वर्षको रोट्रयाक्ट सप्ताह सन्देशमुलक रहने बताइएको थियो । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ बागलुङका सचिव राम थापा अविरलले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम रोट्रयाक्ट क्लव अफ बागलुङका अध्यक्ष तारा प्रसाद शर्माको अध्यक्षता तथा क्लवका मिडिया संयोजक खेमराज गौतम सुवासको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *