सहकारीकाे नयाँ स्लाेगन “ मर्यादित व्यवसाय र प्रविधिमा सहकारी”

आदर्श अनलाइन, काठमाडौं
राष्ट्रिय सहकारी महासंघले ६४ औं राष्ट्रिय सहकारी दिवसको थिम तय गरेको छ । महासंघको चैत ५ गते बसेको संचालक समितिको बैठकले सहकारी दिवसको थिम ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ तय गरेको हो । महासंघले चैत ६ गते मात्र थिम सार्वजनिक गरेको हो ।

सहकारी व्यवसायलाई मर्यादित बनाउने र सहकारीमा प्रविधि भित्राउन प्रेरित गर्ने उद्देश्यले यो थिम तय गरिएको महासंघले जनाएको छ । कोभिड १९ को महामारीका कारण ६४ औं राष्ट्रिय सहकारी दिवसलाई त्यसविरुद्धको अभियानका रुपमा आव्हान गर्ने अपेक्षा गरिएको थियो ।

कोभिड १९को महामारीका कारण भएको लकडाउनको समयमा प्रविधिको कम प्रयोगका कारण सहकारीले सरल र सहज रुपमा सेवा प्रवाह गर्न नसकेकाले प्रविधि अवलम्बनमा सहकारीले जोड दिनुपर्ने उद्देश्यका साथ थिम आएको देखिन्छ । यस अघि ‘मर्यादित श्रम र पर्यटनका लागि सहकारी भन्ने थिम थियो । यस बर्ष पनि महासंघले मर्यादित शब्द छोडेको छैन । महासंघले यस अघि केहि महिना अघि नै थिम सार्वजनिक गर्ने गरेको भए पनि यस पटक दुई हप्ता अघि मात्र थिम सार्वजनिक गरेको हो ।

राष्ट्रिय सहकारी दिवस प्रत्येक बर्ष चैत २० गेत नेपालभरी विभिन्न कार्यक्रम गरेर मनाइन्छ । अघिल्लो बर्ष कोभिडका कारण लकडाउन भएकाले भव्यरुपमा औपचारिक कार्यक्रम भएको थिएन । तथापी महासंघले २०७६ को चैत २० गते सहकारी कोरोना उपचार केन्द्र भने स्थापना गरेर नयाँ सन्देश दिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *