जनहितको अध्यक्षमा जयन्द्रलाल

सुन्दरकुमार थकाली, जोमसोम

मुस्ताङको घरपझोङ—४ जोमसोममा अवस्थित नमूना विद्यालयको रुपमा रहेको जनहित माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा पूनः जयन्द्रलाल थकाली दोहोरिएका छन् ।शनिवार संम्पन्न जनहित माविको विद्यालय व्यवस्थापन समितिको मतदानपछि थकाली अध्यक्षमा चयन भएका हुन्।

एक वर्ष अघिनै सकिएको जनहितको विद्यालय व्यवस्थापन समितिको कार्यकाल त्यस समय शिक्षा ऐनले तोकेको मापदण्ड अनुसार आवश्यक अभिभावकको गणपुरक संख्या नपुग्दा समिति गठनकार्य प्रभावित भएको थियो । शनिबार विद्यालयले समिति गठनको कामलाई अघि बढाएको हो ।विद्यालयको नयाँ कार्यसमिति गठन प्रक्रियामा १ सय ३१ जना विद्यार्थीका अभिभावकले उपस्थिती जनाए ।

जनहितको समिति गठन कार्यमा सहमती हुन नसकेपछि शिक्षा ऐन २०२८ को दफा २१ अनुसार लोकतान्त्रिक विधिबाट मतदान गराई समिति सदस्य चयन गरिएको घरपझोङका शिक्षा शाखा अधिकृत हिमलाल शर्माले जानकारी दिए । शिक्षा ऐनको विधान बमोजिम विद्यालय व्यवस्थापन समितिको सदस्यमा ४ जना व्यक्ति छानिनु पर्ने हुन्छ ।

त्यसपछि अभिभावकको तर्फबाट आएका उक्त ४ जना व्यक्तिले विद्यालय व्यवस्थापन समितिको सदस्यमा मनोनित गर्न पाईने व्यवस्था छ । जनहित माविको समिति गठन मतदानमा मार्फत गरिएको हो ।समितिमा पुष्पा शेरचन ,सरिता विक ,अरुण नेपाली र पुस्तक थकाली चयन भए ।उक्त समिति सदस्य मार्फत शिक्षाक्षेत्रमा १० वर्ष योगदान गरेको वा विद्यालयलाई १० लाख भन्दा बढी आर्थिक सहयोग गरेको व्यक्ति मध्येबाट २ जना व्यक्तिलाई सदस्यमा राख्न पाईने प्रावधान छ ।

जसअनुसार घरपझोङ—५ ठिनीकी जमुना थकाली र घरपझोङ—४ जोमसोमका जयन्द्रलाल थकालीलाई मनोनित गरिएको हो ।सोही समितिले अध्यक्ष जयन्द्रलाल थकालीलाई थप ३ वर्षका लागि अध्यक्षमा चुनेको हो । शिक्षाक्षेत्रमा लामो समय देखि सक्रिय थकालीले विद्यालयको चौतर्फी विकासमा समर्पित भएर लाग्ने बताए ।

जनहित माविमा शिक्षण पेशामा आवद्ध हँुदै विगत ७ कार्यकाल जनहितकै अध्यक्ष भएर काम गरेको अनुभव छ ।उनकै पालामा नमूना विद्यालयको रुपमा स्थापित जनहित माविलाई समृद्ध विद्यालय बनाउने प्रतिवद्धता जनाए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *