काठेखोलामा आजदेखि दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

आदर्श अनलाइन, बागलुङ
आजदेखि काठेखोला गाउँपालिकामा दोस्रो गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै छ । आज र भोली गरि दुई दिन सम्म सञ्चालन हुने प्रतियोगिता गाउँपालिकाको तीन वटा स्थानमा सञ्चालन हुने काठेखोला गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।

कला संस्कृति तथा खेलकुद विकास समितिको संयोजन तथा व्यवस्थापनमा हुन लागेको प्रतियोगिता भीमसेन माध्यमिक विद्यालय, विहुँकोट खेलकुदको हल र काठेखोला जलजला खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने प्रतियोगिताका संयोजक टिका संगम विकले बताउनुभयो ।

प्रतियोगितामा छात्र÷छात्रा भलिबल प्रतियोगिता, कबड्डी प्रतियोगिता, ट्रयाक, फिल्ड, मार्शल आर्टका विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा गाउँपालिका भित्रका ११ विद्यालयका १८ वर्ष नपुगेका विद्यार्थीहरुले सहभागिता जनाउने छन् ।

गाउँपालिका स्तरिय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट ८५ जना खेलाडी छनोट हुने र उनीहरुले जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गाउँपालिकाको तर्फबाट सहभागिता जनाउने विकले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *