रोट्रयाक्ट सप्ताहमा रोट्रयाक्टर र पत्रकारबीच मैत्रीपूर्ण फुटसल

आदर्श अनलाइन, बागलुङ

सामाजिक कार्यमा सक्रिय रोट्रयाक्ट क्लव अफ बागलुङले सञ्चालन गरेको रोट्रयाक्ट सप्ताहको चौथो दिन मैत्रीपूर्ण फुटसल खेल सोमवार सम्पन्न गरेको छ ।

बिभिन्न रचनात्मक तथा सामाजिक कार्यका साथ सञ्चालित सप्ताहका अवसरमा क्लबले पत्रकारहरुसंग आपसी सद्भाव आदान प्रदान गर्ने अभिप्रायले नेपाल पत्रकार महासंघ बागलुङ शाखा र क्लबका बिच मैत्रीपूर्ण फुटसल आयोजना गरिएको हो ।

पत्रकार महासंघ बागलुङको दुई समूह र रोट्रयाक्ट क्लबको दुई समूह गरी चार समूहको सहभागिता रहेको खेलमा रोट्रयाक्ट क्लब अफ बागलुङको समूह ‘ए’ बिजयी भएको छ । क्लवको समूह ‘ए’ले फाइनल खेलमा समूह ‘बि’लाई पराजित गरेको थियो । पत्रकार महासंघको दुबै समूह रोट्रयाक्ट क्लबसँग पहिलो खेलमै पराजित भएको थियो ।

मैत्रीपूर्ण खेलको उद्घाटन सन् २००० मा सिड्नी ओलम्पिकमा सुटिङ खेल तर्फ नेपालबाट तथा गण्डकी प्रदेशबाट हालसम्मै पहिलो एकल खेलाडि भगवती केसीले गर्नु भएको थियो । कार्यक्रममा बोल्दै केसीले राष्ट्रले अझै पनि खेल क्षेत्रबाट देशको पहिचान बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका खेलाडिलाई चिन्न नसकेको बताउनुभयो ।

बिभिन्न खेलबाट राष्ट्रलाई चिनाउनका लागि खेलाडिहरुले जति प्रयास र दुःख गरे पनि बेवास्ता हुदाँको पीडा आफू जस्ता आम खेलाडिहरुले भोग्न बाध्य भएको गुनासो गर्दै केसीले राष्ट्रले खेल क्षेत्रमा लगानी बृद्धि गर्नुपर्ने र खेलाडिहरुलाई सम्मानको बातावरण तयार गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रम नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले रोट्याक्ट र पत्रकारबीचको खेलले मैत्री भावको विकासका साथै स्वस्थ जीवनका लागि सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो ।

कार्यक्रम क्लबका अध्यक्ष ताराप्रसाद शर्माको अध्यक्षता, आगामी अध्यक्ष शिव केसीको स्वागत मन्तव्य र कार्यक्रम संयोजक बिरोध क्षत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *