रोट्रयाक्ट सप्ताहको पाँचौ दिन बोर्ड व्यवस्थापन

आदर्श अनलाइन, बागलुङ

समाजिक कार्यमा सक्रिय रोट्रयाक्ट क्लव अफ बागलुङले संचालन गरेको रोट्रयाक्ट सप्ताहको पाँचौ दिन ट्राफिक जनचेतना मुलक बोर्ड व्यवस्थापन गरिएको छ ।

बिभिन्न रचनात्मक तथा सामाजिक कार्यका साथ सप्ताह संचालन गरेको क्लवले सवारी दुर्घटना न्युनिकरणका लागि सहयोग पु¥याउने उद्देश्यले ट्राफिक प्रहरी कार्यालय बागलुङको परिसरमा सन्देश मुलक बोर्ड व्यवस्थापन गरेको हो ।

बिगतका बर्षहरुमा पनि सवारी दुर्घटना न्युनिकरणका लागि ट्राफिक प्रहरीसंग सहकार्य र सम्न्वय गर्दै आएको क्लवले यस बर्ष पनि सवारी दुर्घटना न्युनिकरणमा सहयोग पु¥याउन सचेतनात्मक तथा सन्देश मुलक बोर्ड व्यवस्थाप गरेको क्लवका अध्यक्ष ताराप्रसाद शर्माले जानकारी दिनुभयो ।

बोर्डको उद्घाटन गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख शिवप्रसाद पाठकले रोट्रयाक्ट क्लव अफ बागलुङले ट्राफिक प्रहरी कार्यालय परिसरमा जनचेतना मुलक बोर्ड व्यवस्थापन गरेर ट्राफिकको अभियानलाई सहयोग पु¥याएको बताउनुभयो ।

जिल्लामा हुने सवरी दुर्घटनाका घटनाहरुलाई कमगर्न र न्युनिकरणका लागि सचेतनात्मक बोर्डले महत्वपूर्व सन्देश प्रवाह गर्ने उल्लेख गर्दै पाठकले क्लवसंगको सहकार्य निरन्तर रुपमा हुने बताउनुभयो ।

कार्यक्रम क्लवका अध्यक्ष ताराप्रसाद शर्माको अध्यक्षता, सप्ताहका मुल संयोजक सौरभ केसीको स्वागत र कार्यक्रम संयोजक रेजिना रोकाको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *