बागलुङका पूर्व शिक्षकको उपचारमा जापानबाट ४ लाख सहयोग

आदर्श अनलाइन, पोखरा

कलेजोसम्बन्धी समस्याबाट पीडित शिक्षक हंसराज खवास (विजय)को उपचार सहयोगका लागि जापानमा संकलित ४ लाख ६ हजार रुपैयाँ सहयोग रकम हस्तान्तण गरिएको छ ।

पश्चिमाञ्चल सामुदायिक अस्पताल, लखनचोक, पोखरामा उपचाररत शिक्षक खवासको उपचारका लागि एकता आवासीय मावि, गलकोट नगरपालिका वडा नं. ५, हरिचौर, बागलुङका पूर्व शिक्षक, विद्यार्थी, अभिभावक तथा समाजसेवीहरूबाट संकलित सो रकम मंगलबार हस्तान्तरण गरिएको हो । शिक्षक खवासको उपचारका लागि हाल जापानमा कार्यरत एकता आवासीय माविका पूर्व शिक्षक सन्तोष पुन, देवेन्द्र थापा, पूर्व विद्यार्थी हिमाल कँडेल, दिलीप शर्मा, सुष्मा सिंह भण्डारी र कृष्ण बम मल्लको विशेष पहलमा सो रकम संकलन गरिएको हो ।

पश्चिमाञ्चल सामुदायिक अस्पतालमै आयोजित सहयोग रकम हस्तान्तरण कार्यक्रममार्फत् सो रकम अभिभावक तथा समाजसेवी बेलमती पुन र क्या. टोपबहादुर खत्रीले शिक्षक खवास र उहाँकी धर्मपत्नी डिकी शेर्पालाई हस्तान्तरण गर्नुभएको हो । आर्थिक अभावमा उपचारमा समस्या भएपछि शिक्षक खवासको उपचारका लागि देश तथा विदेशबाट सहयोग रकम जुटाइएको हो । सहयोग रकम ग्रहण गर्दै शिक्षक खवासले सहयोगी मनहरूलाई धन्यवाद दिँदै सबैको सहयोगले आफू बाँच्न सफल भएको बताउनुभयो ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा गलकोट समाज पोखराका अध्यक्ष खडकबहादुर थापा, निवर्तमान अध्यक्ष मीनबहादुर खत्री, सल्लाहकार रुपबहादुर थापालगायतको उपस्थिति रहेको थियो । लामो समयसम्म एकता आवासीय मावि, गलकोटमा अध्यापन गर्नुभएका शिक्षक खवासको गलकोटको शैक्षिक विकासमा महत्वपूर्ण योगदान रहेको युवा समाजसेवी फरेन्द्र थापामगरले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *