सहकारी बैंकले गठन गर्यो विद्यालयमा सहकारी बाल क्लव

आदर्श अनलाइन, ललितपुर
युवा विद्यार्थीहरुलाई सहकारीका बारेमा सचेत बनाउने उद्देश्यका साथ राष्ट्रिय सहकारी बैंक लिमिटेडले सामुदायिक विद्यालयमा सहकारी बाल तथा युवा क्लव गठन गर्ने अभियान शुरु गरेको छ । बैंकको वार्षिक कार्यक्रम अन्तरगत प्रत्येक शाखाले एक एक वटा विद्यालयमा क्लव गठन गरी विद्यार्थीहरुलाई सहकारी सम्बन्धी सचेतना प्रदान गर्ने बैंकले जनाएको छ ।

यसैबीच काठमाडौंस्थित ंगोंगवु शाखाले ग्रामसेवा माध्यमिक विद्यालय धर्मस्थली काठमाडौंमा विद्यार्थीहरुको भेलामार्फत बिहीवार सहकारी बाल क्लव गठन गरेको छ । उक्त विद्यालयमा कक्षा ८ मा अध्ययनरत सिन्धु भण्डारीको अध्यक्षतामा गठित सहकारी बाल क्लवको उपाध्यक्षमा अभिषेक क्षेत्री, सचिवमा छिरिङ शेर्पा, सह–सचिवमा जुली तामाङ, कोषाध्यक्षमा एलिना लिम्बु, सहकोषाध्यक्षमा दावा शेर्पा रहनु भएको छ ।

यस्तै सदस्यहरुमा विपना तामाङ, जेनिसा तामाङ, कविता चापागाई, सुरज तामाङ र रञ्जित तामाङ रहनु भएको छ । क्लवको संरक्षकमा विद्यालयका शिक्षक उत्तम कुमार शाही रहनु भएको छ ।

जिल्ला सहकारी संघ लिमिटेड काठमाडौंसंगको सहकार्यमा आयोजित सहकारी बाल क्लव गठन कार्यक्रममा राष्ट्रिय सहकारी बैंक गोंगवु शाखा समन्वय उपसमितिका संयोजक मनोज भण्डारी, सदस्यहरु देव कुमार श्रेष्ठ र तारानाथ सापकोटा तथा विद्यालयका शिक्षक बासुदेव पाण्डेले विद्यार्थीहरुलाई संगठित गर्दै सहकारीका बारेमा सचेत बनाउन क्लवले समन्वयकारी भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिनुभएको थियो ।

सहकारी बाल क्लव गठनको आवश्यकता र यसले गर्ने कामका बारेमा गोंगवु शाखाका प्रमुख विनोद भट्टराईले जानकारी गराउनु भएको थियो । सहकारी बैंकले ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर बैंकका शाखाहरुमार्फत पहिलो चरणमा ६८ वटा विद्यालयमा क्वल गठन गर्न लागिएको हो ।

बैंकले सबै शाखाहरुलाई एउटा एउटा विद्यालयमा सहकारी बाल तथा युवा क्लव गठन गरी विद्याथीहरुलाई सहकारी सचेतना, वित्तीय साक्षरता, निवन्ध प्रतियोगिता लगायत विविध रचनात्मक र सिर्जनशिल कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *