गोरुको मासु सहित ढोरपाटनका ५ जना पक्राउ

आदर्श अनलाइन, बागलुङ
बागलुङको ढोरपाटन नगरपालिका–८ का ५ जनालाई प्रहरीले गोरु काटेको आरोपमा पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय ४९ वर्षीय मनबहादुर विक, ४४ वर्षीय नन्दराम विक, ३८ वर्षीय पुनी विक, २६ वर्षीय मिना विक र ढोरपाटन नगरपालिका–२ घर भई हाल भित्ताटोल बस्दै आएका ३६ वर्षीय हरि परियार छन् ।

ढोरपाटन नगरपालिका–८ भित्ताटोलमा बुधबार गोरु काटिरहेको सूचनाको आधारमा पुगेको प्रहरी चौकी ढोरपाटनको टोलीले उनिहरुलाई गोरुको मासु सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

गोरुको मासु सहित ढोरपाटनका ५ जना पक्राउ

  1. गॊरु, जनवार काट्नेलाई हॊईन मान्छे काट्ने वलत्कार गर्नेलाई पक्रेर कानुनी कारवाही गर्नु यी पॊलिसहरुले मानिसलाई पसु र पसुलाई मानिस बनाउने काम गरेका छन,
    जिब जन्तुकॊ कॊ पसु पंछीकॊ मासु स्वईच्छाले खानु पनि नपाउने कस्तॊ विभेदी कानुन हॊ यॊ?

Comments are closed.