बेनीमा राष्ट्रिय सहकारी बैंकको स्तरीकरण कार्यक्रम

आदर्श अनलाइन, म्याग्दी
राष्ट्रिय सहकारी बैंक लिमिटेड बागलुङ शाखाको आयोजनामा सहकारी स्तरीकरण सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम बिहीवार म्याग्दीको बेनीमा सम्पन्न भएको हो ।

कार्यक्रममा बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारीहरुको स्वास्थ्य अवस्था मापन गरी सुधार गर्नका लागि स्तरीकरण कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

उहाँले संस्थालाई संस्थागत रुपमा सञ्चालन गर्न, सञ्चालक, कर्मचारीहरुको दक्षता अभिवृद्धि गर्न तथा शेयर सदस्यहरुका लागि सुरक्षित संस्था बनाउनका लागि स्तरीकरण कार्यक्रममा सहभागी हुन आव्हान गर्नु भयो ।

कार्यक्रममा बैंकका स्तरीकरण विभागका अधिकृत नव कुमार अधिकारीले स्तरीकरण कार्यक्रमको सञ्चालन प्रक्रिया, प्रभावकारिता र सहकारीको समग्र अवस्था सुधारमा खेल्न सक्ने भूमिकाका बारेमा सहजीकरण गर्नु भएको थियो । संस्थाको वित्तीय तथा गैर वित्तीय अवस्था सुधारका लागि बैंकले सञ्चालन गरेको स्तरीकरण कार्यक्रम सहयोगी हुने उहाँको भनाइ थियो ।

बैंकले सहकारीहरुको सञ्चालन प्रक्रियालाई व्यवस्थित गर्ने, सहकारी संघ संस्थाको सेवालाई गुणस्तरीयता सुनिश्चित गर्ने, समय सापेक्ष क्षमता अभिवृद्धि गर्ने तथा सहकारी संघ संस्था र सहकारी अभियानको छवि उच्च बनाउने उद्देश्यका साथ सहकारी स्तरीकरण कार्यक्रम सञ्चालन गरेको छ ।

अन्तरक्रिया कार्यक्रमको सञ्चालन राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाका प्रमुख युवराज त्रिपाठीले गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *