श्रीमान्‌काे कुटाइबाट श्रीमतीको मृत्यु

आर्द अनलाइन, बागलुङ 
पोखरामा श्रीमान्को कुटपिटबाट घाइते भएकी महिलाको मृत्यु भएको छ ।पोखरा -२६ बराल डाँडा बस्ने ४९ वर्षीय देव बहादुर बि.क.को कुटपिटबाट शनिबार दिउसो घाइते भएकी बि.क. की श्रीमती ४० वर्षीया देवी जि.सी.बि.क. को आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

देव बहादुरले  मादक पदार्थ सेवन गरी टाउको र खुट्टामा कुटपिट गर्दा  घाइते भएकी आफ्नी श्रीमतीलाई पोखराका विभिन्न अस्पतालमा उपचार गरी पुनः घरमानै लगी राखेको र आइतबार अचेत भई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिनुभयो ।

घटनापश्चात् प्रहरीले मृतकका श्रीमानलाई नियन्त्रणमा लिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *