बागलुङका ६ जनालाई कोरोना संक्रमण

आदर्श अनलाइन, बागलुङ
बागलुङका थप ६ जनामा कारोना संक्रमण पुष्टी भएको छ ।

सोमबार स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको प्रेस विज्ञप्तीमा बागलुङ नगरपालिका वडा नम्बर २ का ३ जना महिला र ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको उल्लेख गरिएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा १७, ५९ र ६५ वर्षीया महिला, ४०, ५० र ७९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *