मौसम खराब भएपछि चार दिन देशभरका विद्यालय बन्द

आदर्श अनलाइन, काठमाडौं
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चारदिन देशभरका शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ ।

मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको आकस्मिक बैठकले मंगलबार देखि सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो ।

पछिल्ला दिनमा बढ्दै गएको वायु प्रदूषणका कारण स्वास्थ्य जोखिमलाई ध्यान दिँदै विद्यालय बन्दको निर्णय गरिएको मन्त्रालयले जनाएको छ । मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको बताउनुभयो ।

‘लाखौं विद्यार्थीमा हुनसक्ने स्वाथ्य प्रतिकूलताको कारण सबै शिक्षणसंस्था बन्द गर्नुपरेको हो’, उहाँले बैठकमा भन्नुभयो । मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग विद्यालय बन्दका लागि परामर्श गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *