पार्किङ गरेको मिनी बस चलाउन खोज्दा दुर्घटना

आदर्श अनलाइन, पोखरा
पोखरामा पार्किङ गरी राखेको मिनी बस सहचालकले चलाउन खोज्दा आज दुर्घटना भएको छ ।

कास्कीको पोखरा महानगरपालिका वडा नं ३३ जामुनबोटमा ग १ ख ९३८१ नंको मिनीबस सहचालक रोशन गौतमले चलाउन खोज्दा दुर्घटना भएको हो ।

दुर्घटनामा बसका सहचालक २७ वर्षीय गौतम घाइते भइ पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भएको छ ।

उनको अवस्था मध्यम रहेको जनाइएको छ ।

बस सडकबाट अन्दाजी ८० मिटर तल खसेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरिक्षक बिनोद सिलवालले जानकारी दिनुभएको छ ।

प्रहरी उपरिक्षक सिलवालका अनुसार घटनापश्चात प्रहरीले बसको चालक नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *