काजी रोशन पुरस्कार पौडेल र बम–सरस्वती पुरस्कार लाकोजुलाई

आदर्श अनलाइन, बागलुङ
धौलागिरी साहित्य प्रतिष्ठानले संचालन गरेको यसबर्षको काजिरोशन साहित्य पुरस्कार पर्वतको पाङ्गका साहित्यकार डा. षडानन्द पौड्याल लाई प्रदान गरिएको छ । काजिरोशनको काव्य साधना नामक अनुसन्धनात्मक कृतिका लागि डा. पौड्याललाई प्रदान गरिएको हो ।

त्यस्तै बम–सरस्वती पुरस्कार बाट काभ्रेको पनौतीका साहित्यकार सुर्य प्रसाद लाकोजु लाई प्रदान गरिएको छ । पौड्याल र लाकोजु दुबै लाई क्रमश. नगद रु १५ हजार र १० हजार सहित सम्मान पत्र र दोशल्ला ओढाएर सम्मान गरिएको हो ।

दुबै लाई धौलागिरी बहुुमुखी क्याम्पसका प्रमुख डा. राम प्रसाद उपाध्याय र धौलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष काजि रोशनले सम्मान गर्नुभएको थियो । सो अवसरमा बागलुङको गल्कोटकी राधिका कल्पीत द्धारा लिखित ‘बरफका कोईलाहरु” नमक कृति सार्वजनिक गरिएको थियो । कल्पीत द्धारा लिखित कृतिको समिक्षा धौलागिरी बहुमुखी क्याम्पसका सह–प्राध्यापक हरि प्रसाद गौतमले गर्नुभएको थियो ।

सो अवसरमा बोल्दै धौलागिरी बुहुमुखी क्याम्पसका प्रमुख राम प्रसाद उपाध्यायले नेपाली साहित्यमा धौलागिरी साहित्य प्रतिष्ठानले महत्वपुर्ण योगदान पुर्याएको बताउनुभयो । यस्ताखाले कार्यक्रमले साहित्य क्षेत्रलाई अगाडी बढाउनका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्ने चर्चा गर्दै उहांले कोषको संरक्षण र प्रबद्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पुरस्कृत ब्याक्तित्व द्धय डा. षडानन्द पौड्याल र सुर्य प्रसाद लाकोजु, बरफका कोईलाहरु नामक कृतिका लेखक राधिका कल्पीत,नेवा पत्रकार मञ्चका केन्द्रिय सदस्य बिजयराम कर्माचार्य,पर्वतका साहित्यका चन्द्र बहादुर लामिछाने र म्याग्दीका साहित्यकार गणनाथ पौडेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रम धौलागिरी साहित्य प्रतिष्ठान बागलुङका अध्यक्ष काजिरोशनको अध्यक्षता, प्रतिष्ठानका प्रबन्ध समिति सदस्य सह–प्राध्यापक हरि प्रसाद पाण्डेको स्वागत मन्तब्य र सदस्य सचिव राम अबिरलको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *