सहकारी दिवसमा आदर्शद्वारा बजार सरसफाई


–आदर्श अनलाइन, बागलुङ
६४ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा बागलुङ बजारको आदर्श टोल सरसफाई गरिएको छ ।
सहकारी दिवसका अवसरमा तीन दिवसीय कार्यक्रम मनाउने निर्णय अनुसार पहिलो दिन आदर्श सहकारी संस्थाले संस्थाको कार्यालय परिसरको बजार सरसफाई गरेको आदर्श सञ्चार सहकारीका अध्यक्ष हुमा कुमारी जिसी (अन्जु)ले जानकारी दिनुभयो ।



जिल्ला सहकारी संघ लिमिटेड बागलुङ र बागलुङ नगरपालिकाको संयुक्त आयोजनामा हुने ३ दिने कार्यक्रम अन्तर्गत आज पहिलो दिन सहकारी संघ संस्थाका कार्यालय परिसरमा सरसफाई गर्ने कार्यक्रम अनुसार आदर्श सञ्चार सहकारी संस्था लिमिटेडले बागलुङ नगरपालिका–२ र ३ मा पर्ने आदर्श टोल (मिलिजुली टोल)सरसफाई गरेको हो ।



दिवसको दोस्रो दिन बिहीबार जिल्ला सहकारी संघ र बागलुङ नगरपालिका कार्यालको संयुक्त आयोजनामा बागलुङ नगरपालिका भित्रको नियामक क्षेत्रमा पर्ने सहकारीको यथार्थ अवस्था तथा कानूनी प्रकृयाका विषयमा एक दिने अन्तरक्रिर्या कार्यक्रम गरिनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *