बागलुङमा सहकारी अभिमुखिकरण

आदर्श अनलाइन, बागलुङ
६४औ राष्ट्रिय सहकारी दिवसको अवसरमा बागलुङमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । बागलुङ नगरपालिकाको आयोजना तथा जिल्ला सहकारी संघ बागलुङको समन्वयमा अभिमुखिकर कार्यक्रम आयोजना भएको थियो ।

अभिमुखिकरण कार्यक्रमको उद्घाटन शत्रमा बोल्दै बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले सहकारीले रोजगारी सिर्जना, श्रोत र साधनको अधिकतम प्रयोग र बिचौलियाको अन्त्य गर्न महत्त्वपूर्ण भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

कृषकले उत्पादन लागत अनुसार मूल्य नपाउने तर बिचौलीयाले बिना दुःख मोटो रकम कमाउने प्रथाको अन्त्य गर्न विषयगत सहकारीले अभियान चलाउनु जरुरी रहेको उहाको भनाई छ ।
राष्ट्रिय अर्थतन्त्रमा सहकारीको योगदान न्यून अवस्थामा देखिएको भन्दै नगरप्रमुख पौडेलले तिन खम्बे अर्थ नितिमा सहकारीको भूमिका के हो भन्ने वारेमा प्रश्न उठेको बताउनुभयो ।

नगरपालिकाले समयमै सहकारी ऐन जारी गरेपनी विभिन्न कारणले कार्यान्वयनमा आउन नसकेको उहाले बताउनुभयो । कर्मचारी ब्यबस्थापन, फेरबदल लगाएतका कारणले ऐन कार्यान्वनमा ढीला भएको नगरप्रमुख पौडेलको भनाई छ ।

लक्ष्य अनुरूप सहकारीहरु संचालन हुनुपर्नेमा जोड दिदै नगरपालिकाले आवश्यक सहयोग, छलफल गरेर अघि बढ्ने उहाँले बताउनुभयो । कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून) का दुर्गा प्रसाद ढकालले सहकारी क्षेत्रका विभिन्न पक्षहरुको वारेमा सहजीकरण गर्नु भएको थियो । सहकारीका मूल्य मान्यता, जोखिम, तीन तहका सरकारले जारी गरेका ऐन, प्रबिधिको प्रयोग लगाएतका विषयमा कार्यक्रममा सहजीकरण गरिएको थियो ।

कार्यक्रममा सहकारी अभियानता, जिल्ला स्तरीय विषयगत सहकारीका प्रमुख, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य र नगरभित्र रहेका सहकारिका पदाधिकारी तथा कर्मचारीको सहभागिता थियो ।

कार्यक्रम जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दीपक गौतमको स्वागत तथा बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सहकारी दिवसको अवसरमा शुक्रवार मानव सेवा आश्रममा सहयोग गर्ने कार्यक्रम समेत रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *