रुद्रपीपल माविमा राष्ट्रिय सहकारी बैंकले बनायो सहकारी बाल क्लव

आदर्श अनलाइन, बागलुङ
युवा विद्यार्थीहरुलाई सहकारीका बारेमा सचेत बनाउने उद्देश्यका साथ राष्ट्रिय सहकारी बैंक लिमिटेडले सञ्चालन गरेको अभियान अन्तर्गत बागलुङ नगरपालिका वडा नं. २ स्थित रुद्रेपीपल माध्यमिक विद्यालयमा सहकारी बाल क्लव गठन गरिएको छ ।

राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाको आयोजनामा एक दिने वित्तीय साक्षरता तालिम सञ्चालन गरी सहकारी बाल क्लव गठन गरिएको विद्यालयले जनाएको छ । बैंकले वार्षिक कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयमा सहकारी बाल तथा युवा क्लव गठन गर्ने अभियान शुरु गरेको छ । बैंकको वार्षिक कार्यक्रम अन्तरगत प्रत्येक शाखाले एक एक वटा विद्यालयमा बाल क्लव गठन गरी विद्यार्थीहरुलाई सहकारी सम्बन्धी सचेतना प्रदान गर्ने बैंकले जनाएको छ ।

विद्यार्थीहरुको भेलाले कक्षा ८ मा अध्ययनरत सलन आचार्यको अध्यक्षतामा ११ सदस्यीय सहकारी बाल क्लव गठन भएको हो । क्लवको उपाध्यक्षमा कक्षा ८ का खुशी नेपाली, सचिवमा कक्षा ७ का सामना सापकोटा, सहसचिवमा कक्षा ७ कै कुशल नेपाली तथा कोषाध्यक्षमा कक्षा ६ का ज्ञानु श्रीस चयन हुनु भएको छ । क्लवका सदस्यहरुमा कक्षा ६ का सुहानी खत्री, चादनी शाह र किर्तन घर्ति तथा कक्षा ८ का सभ्यता सुनार, विश्व नेपाली र अप्सन पौडेल रहनु भएको छ । क्लवको संरक्षकमा विद्यालयका शिक्षक प्रकाश आचार्य रहनु भएको छ ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले सहकारी बाल क्लवको आवश्यकता, गठन प्रक्रिया र क्लवले गर्ने कार्यहरुको बारेमा जानकारी गराउनु भएको थियो । उहाँले सहकारीमार्फत समाज रुपान्तरणका लागि युवा विद्यार्थीहरुलाई जागरुक बनाउन, वित्तीय रुपमा सचेत बनाउन तथा समुदायमा नयाँ पुस्तालाई सकारात्मक क्रियाकलापमा लगाउनका लागि क्लवको गठन गरिएको बताउनुभयो ।

बैंकको बागलुङ शाखाका प्रमुख युवराज त्रिपाठीले वित्तीय साक्षरता सम्बन्धमा सहजीकरण गर्नु भएको थियो । विद्यालयका प्रधानाध्यापक राजेश श्रेष्ठले सहकारी बैंकले रुद्रपीपल माविलाई चयन गरी विद्यार्थीहरुलाई सहकारी सचेतना र सहकारीको महत्वका बारेमा सहजीकरण र क्लव गठन गरेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा थप सहकार्य गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *