कामाना सेवा विकास बैंक र कालिका युव क्लवद्वारा माक्स वितरण

आदर्श अनलाईन, बागलुङ
कामाना सेवा विकास बैंक र कालिका भगवती युवा क्लव बागलुङको संयुक्त आयोजनामा शुक्रबार बागलुङ बजारको लोकतान्त्रिक चोकमा माक्स वितरण गरेको छ ।

माक्स वितरण कार्यक्रममा बोल्दै बागलुङ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष जिवन आर्चायले कोरोना माहामारीको जोखिम बढेको समयमा कोरोना सचेतना तथा माक्स वितरण कार्याक्रम खायोजना गरेकोमा आयोजकलाई धन्यबाद दिदै आगामी दिनमा पनि निरन्तरता दिनका लागी अनुरोध गर्नुभयो ।

अहिले कोरोना महामारीको जोखिम भएको भन्दै अति आवश्यक भन्दा बढि बजारमा भिडभाड गर्ने, बिना माक्स हिडडुल गर्न रोक्नुपर्नेमा आर्चायले जोड भयो ।

कार्यक्रममा कामाना सेवा विकास बैंक धौलागिरी प्रमुख टंकनाथ लामिछानेले विगतका दिनमा पनि बैंकले समाजिक उत्तरदाईत्व अन्र्तगत माक्स सेनिटाईजर वितरण तथा कोरोना माहामारीको सचेतना मुलक कार्याक्रम गर्दै आईराखेको र अहिले पनि कोरोनाको जोखिम बढे संगै कालिका भगवती युवा क्लव संग सहकार्य गरेर कार्याक्रम गरेको बताउनुभयो ।

उहाँले बागलुङ बजारको मुख्य मुख्य सड्कमा बिना माक्स हिडिरहेका मानिसहरुलाई माक्स वितरण गरेको समेत जानाकारी दिनुभयो । कार्यक्रममा कालिका भगवती युवा क्लवका अध्यक्ष सुरज खड्काको अध्यक्षयता र क्लवका सचिव शेखर खड्काको संचालनमा कार्याक्रम सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *