६४ औँ राष्ट्रिय सहकारी दिवसमा आदर्शद्वारा स्वास्थ्य तथा स्टेशनरी सामग्री वितरण

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले ६४ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा मुक्तिनाथ वेद विद्याश्रम संस्कृत माविमा स्वास्थ्य तथा स्टेशनरी सामग्री वितरण गरेको छ ।

संस्थाले हरेक वर्ष विभिन्न क्षेत्रमा सहयोग गर्दै आएकोमा यस वर्ष वेदविद्या आश्रममा सहयोग गरेको संस्थाका अध्यक्ष हुमा कुमारी जिसी अञ्जुले जानकारी दिनुभयो ।

May be an image of 11 people, including Gita Khadka, people standing and outdoors

संस्थाले आश्रममा माक्स, स्यानिटाइजर, विभिन्न किसिमा औषधी र स्टेशनरी सामग्रीहरु वितरण गरेको छ । सो अवसरमा आश्रममा रहेका २५ जना विद्यार्थी तथा शिक्षकहरुको निशुल्क स्वास्थ्य परीक्षण समेत गरिएको छ ।

निलगिरी अस्पताल बागलुङको प्राबिधिक सहयोगमा विद्यार्थी तथा शिक्षकहरुको स्वास्थ्य परीक्षण गरिएको संस्थाका प्रबन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो ।

May be an image of 1 person, sitting and standing

कार्यक्रममा आश्रमकी प्रधानाध्यापक शान्ती ज्ञवाली मनतव्य राख्नुभएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष हुमा कुमारी जिसी अञ्जुको अध्यक्षता, सल्लाहकार रुद्रबहादुर महतको स्वागत र प्रबन्धक दिपकराज सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष अनन्त बहादुर खड्का, सह–सचिव सरस्वति खड्का परियार, कोषाध्यक्ष पूर्ण बहादुर कार्की, सञ्चालक शान्ति श्रेष्ठ, गीता खड्का, अम्बिका जि.सी, खिम बहादुर के.सी, राजकपुर श्रेष्ठ, राधिका के.सी, शिक्षाउपसमिति सदस्य तथा काठेखोला३ धम्जाका वडा संयोजक शान्ति भण्डारी, प्रशासन विभाग प्रमुख कमला क्षेत्री, कार्यालय सहायक सुरज किसान र निलगिरी अस्पतालका कर्मचारी सूर्या कुमारी बुढा लगायतको सहभागिता रहेको थियो ।

May be an image of 7 people, people standing and people sitting

संस्थाले गत वर्ष बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको कोरोना कोषमा ५०/५० हजार सहयोग गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *