फलेवासमा मनाइयो राष्ट्रिय सहकारी दिवस

सन्तोष क्षत्री, पर्वत

फलेवास नगरपालिकाको आयोजनामा शुक्रबार एक कार्यक्रमका बिच राष्ट्रिय सहकारी दिवस मनाइएको छ ।

‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने मुल नाराका साथ कुर्घा, लिमिठाना र पाङराङमा सक्रिय सहकारीकर्मीको सहभागीतामा चिर्दिखोलामा ६४ औं राष्ट्रिय सहकारी दिवस मनाइएको हो ।

कार्यक्रममा बोल्दै फलेवास नगरपालिकाका मेयर पदमपाणी शर्माले सहकारीले उत्पादनमा जोडदिनुपर्ने भन्दै उत्पादनमा जोडिएका सहकारीलाई सक्दो सहयोग गर्ने बताउनुभयो । सहकारी संस्थाले सहकारीमा सदस्य भएपछि जनताको जीवन स्तरमा के कति परिवर्तन भयो अनुगमन गर्नुपर्ने भन्दै ऋण दिने र लिने कामले मात्रै सहकारीको मर्म पूरा नहुने बताउनुभयो ।

फलेवास नगरपालिका सदैव जनताको जीवनस्तर रुपान्तरण गर्न लागि परेको भन्दै मेयर शर्माले कुर्घा, पाङ्गराङ्ग, लिमिठाना र ठानामौला क्षेत्रलाई तरकारी, दुध, तरकारीको बिउँ, सुन्तला, कफी लगाएत उत्पादनको हब बनाउने बताउनुभयो ।

कार्यक्रममा फलेवास नगरपालिका आर्थिक विकास समितिका संयोजक एवं वार्ड–८ का अध्यक्ष मन बहादुर कुँवर र नगरपालिकाका योजना व्यबस्थापक देवि प्रसाद तिमिल्सिनाले कुर्घा, पाङ्गराङ्ग, लिमिठानाका सहकारीको कृषि उत्पादनमा उल्लेख्य भुमिका रहेको भन्दै अन्य सहकारीलाई पनि सहकारीको मर्म अनुसार चल्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा हराभरा सामाजिक उद्यमी महिला सहकारी संस्था, कुर्घा चिसापानी बहुउद्देश्यीय सहकारी, चिसापानी दुग्ध सहकारी संस्था, सयपत्री कफी सहकारी संस्था, दिप ज्योति कफी सहकारी संस्था, कृषि उत्थान सहकारी संस्था लगाएतका सहकारीमा आवद्ध सहकारीकर्मीको सहभागीता रहेको थियो ।

फलेवास नगरपालिका प्रमुख पदमपाणी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत हराभरा सामाजिक उद्यमी महिला सहकारी संस्था कुर्घाका अध्यक्ष शोभाकुमारी क्षत्री र संचालन नगरपालिकाका सहकारी शाखा प्रमुख रमेश शर्मा पौडेलले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *