काठेखोलामा भूमि सम्बन्धी अभिलेखिकरण कार्यक्रम

साधना पान्त, बागलुङ
भूमि सम्बन्धी समस्या समाधान आयोगले आफ्नो काम शुरु गर्न थालेको छ । आइतबार बागलुङ जिल्लाको काठेखोला गाउँपालिकामा भूमि सम्बन्धी अभिलेखिकरण गोष्टी गरिएको छ ।

भूमि सम्बन्धी समस्या समाधान आयोग र अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) को संयुक्त आयोजनामा आईताबार काठेखोला गाउँपालिकामा भूमी सम्वन्धी अभिलेखीकरण अन्तरक्रिया
कार्यक्रम गरिएको भूमि सम्बन्धी समाधान आयोग बागलुङले जनाएको छ ।

कार्यक्रममा भूमि सम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय सदस्य यक बहादुर रानाले भूमिहिन, अव्यवस्थित बसोबास, सुकुम्बासीलाई भूमिपती बनाउने, लालपुर्जा प्रदान गर्नका लागि भूमि सम्बन्धी समस्या समाधान आयोग गठन भएको बताउनुभयो । उहाँले सम्पुण राजनीतिक दल, विभिन्न संगसंगठन, सचेत नागारीक र स्थानीय सकरकार मिलेर भूमि सम्वन्धी समस्या मानिसहरुको पहिचान गरी उनीहरुको समस्या समाधान गर्नतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।

रानाले भूमि सम्बन्धी समस्या समाधान गर्नका लागि नियम, कानून सम्बत आयोग अगाडी बढेको समेत जानाकारी गराउनुभयो । उहाँले भूमिहिन तथा सुकुम्बासी, अव्यवस्थित बसोबास, आवास हिनको फाराम कसरी भर्ने समेत कार्यक्रममा जानाकारी गराउनु भएको थियो । लगतै स्थानीय सरकारलाई भूमि सम्बन्धी समस्या भएका मानिसहरको फारम भरी सूचना प्रकासन भएको ३५ दिन भित्र आयोगलाई बुझाउन समेत आग्रह गर्नुभएको थियो ।

कार्याक्रममा काठेखोला गाउँपालिकाका अध्यक्ष अम्मर बहादुर थापाले गाउँपालिकाले भूमि सम्बन्धी समस्या भएका मानिसहरुको समस्या समाधान गर्नका लागी सधै तत्पर रहेको भन्दै आगामी दिनमा पनि आयोगको निर्देशन बमोजीम काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले आयोगले पालिकालाई भूमि सम्बन्धी समस्या भएका मानिसहरको फारम भर्नको लागि थोरै समय दिएको भन्दै आयोगलाइै समय थप गर्नका लागि समेत आग्रह गर्नभएको थियो । थापाले आर्थिक वर्षको बिचमा आएर आयोगले भूमि सम्बन्धी समस्या भएको मानिसहरुको लागि फाराम भर्नको लागि निर्देशन दिएता पनि पालिका संग स्रोत साधानको कमीले समयमा काम सम्पन्न गर्न पालिकालाई असहज पर्ने बताउनुभयो ।

भूिम सम्बन्धी समस्या समाधान गर्नका लागि गाउँपालिका आतुर छ । तर, यसकालागि प्राविधिक काम गर्नुपर्ने भएकाले गाउँपालिका यसमा असक्षम भएको थापाले बताउनुभयो । उहाँले भूमि सम्बन्धी समस्यालाई समाधना गर्नका लागि व्यवस्थित रुपमा अगाडी बढनुपर्ने भन्दै अर्को आर्थिक वर्षमा व्यवस्थित रुपमा काम अगाडी बढाउने समेत बताउनुभयो ।

कार्यक्रममा काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुण बहादुर कार्कीले आयोगले भूमि सम्बन्धी समस्या भएकाको समस्या समाधान गर्नका लागि पालिकालाई फाराम भर्न दिएको निर्देशलाई अहिले तत्कालै गर्न समय कम भएको गुनासो गर्नुभएको थियो ।

उहाँले गाउँपालिकाका भूमि सम्बन्धी समस्या भएका मानिसहरुको समस्या समाधान गर्नका लागि तत्पर भएतापनि तत्काल गाउँपालिकाले फाराम भर्नका लागी कर्मचारी व्यवस्थापन गर्न असर्मथ भएको बताउनुभयो ।

कार्यक्रममा सहभागीको तर्फबाट काठेखोला गाउँपालिका वडा नम्वर ६ का वडा अध्यक्ष युक्त प्रसाद कंडेलले वडामा स्रोतको कमीले फाराम भर्नको लागी समस्या हुने भन्दै यसको व्यवस्थापन गाउँपालिकाले गर्नुपर्ने बताउनुभयो । फाराम भर्नको लागि समय कम र तयारी केही नभएको हुनाले हतार हतारमा काम गर्दा धेरै छुटन् सक्ने उहाँले गुनासो गर्नुभयो ।

कार्यक्रममा भूमी सम्बन्धी समस्या समाधान आयोग बागलुङका अध्यक्ष कृष्ण पाठकले भूमि सम्बन्धी समस्यालाई व्यवस्थापन गर्नका लागि स्थानीय सरकार जबाफदेही हुनुपर्ने भन्दै समयमै भूमी सम्बन्धी समस्या भएका मानिसहरुको फाराम भरी आयोगलाई बुझाउन आग्रह गर्नुभयो । उहाँले काठेखोला गाउँपालिकामा सवैभन्दा धेरै अव्यवस्थीत बसोबास भएकाले वडाले सहि तलिकाले फारम भरी आफ्नो जिम्मेवारी पुरा गर्नका लागी सुझाब दिनुभएको थियो ।

आयोगले बागलुङ नगरपालिका र बडिगाड गाउँपालिकामा भूमी सम्बन्धी समस्या समाधानको अभिमुखिकरण कार्याक्रम सम्पन्न गरेको र आगामी २७ गते सम्म अन्यपालिकामा अभिमुखी कार्यक्रम गर्ने जानाकारी दिनुभयो ।

कार्याक्रममा आयोगका अध्यक्ष कृष्ण पाठको अध्यक्षतामा भएको कार्याक्रम, दुर्गा प्रसाद शर्माको संचालनमा कार्याक्रम सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *