बागलुङमा तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिका स्तरीय तेस्रो राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता सोमबारदेखि सुरु भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै बागलुङ नगरपालिका प्रमुख जनकराज पौडेलले विद्यार्थीलाई शैक्षिक विकाससँगै खेलकुद क्षेत्रमा पनि अब्बल बनाउन यो प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

उहाँले नगरपालिका भित्रका शैक्षिक संस्थाहरु सुधार हुँदै गएको र शिक्षा क्षेत्रमा पनि गुणस्तर आउन थालेको बताउनुभयो । शिक्षासँगैख खेल पनि विद्यार्थीका लागि आवश्यक रहेको भन्दै खेल क्षेत्रमा पनि नगरपालिकाले लगानी गरि रहेको बताउनुभयो ।

सोमबार भएको विभिन्न प्रतियोगिता मध्ये १०० मिटरको रिले डौद ४०० मिटर छात्र/छात्रा रिले दौड, छात्र/छात्रा २०० मिटर दौड, तीन हजार मिटर छात्र/छात्रा, ८०० मिटर छात्र/छात्रा दौद, छात्रा भलिबल सम्पन्न भएको शिक्षा अधिकृत गौरब रानाले जानकारी दिनुभयो ।

मार्सल आर्स अन्तरगत कराते । कबड्डी, पुरुष भलिबल प्रतियोगिता मंगलबार सम्पन्न हुने भएका छन् ।
प्रतियोगिताको पहिलो दिन बागलुङ नगरपालिका अन्तरगतका २९ विद्यालयको सहभागिता रहेको रानाले जानकारी दिनुभयो । प्रतियोगिता मंगलबारसम्म संचालन हुने छ ।

कार्यक्रम बागलुङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जिवन ज्ञवालीको अध्यक्षता, नगर शिक्षा अधिकारी दण्डपाणी शर्माको स्वागत तथा शिक्षा अधिकृत गौरव रानाको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *