पत्रकार महासंघ कास्कीकाे अध्यक्षमा विमला भण्डारी

आदर्श आनलाई, पोखरा 

हिजाे सम्पन्न नेपाल पत्रकार महासंघ कास्की शाखाकाे निर्वाचनबाट अध्यक्ष पदमा बिमला भण्डारी विजयी हुनुभएकाे छ ।  शाखाकाे निवर्तमान उपाध्यक्ष समेत रहनुभएकी भण्डारी १७४ मतका साथ विजयी हुनुभएकाे हाे ।

नेपाली काँग्रेस निकट प्रेस यूनियनकाे नेतृत्व गर्नुभएकी उहाँ नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट प्रेस सेन्टर र  नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता माधव नेपाल समूहकाे प्रेस चाैतारी लगायतका संगठनहरुकाे गठबन्धनकाे  उमेदवार हुनुभएकाे थियाे ।

अध्यक्षका अर्का प्रत्यासी केशव शरण लामिछानेले १२१ मत प्राप्त गर्नुभएकाे छ । लामिछानेले नेपाल कम्युनिष्ट पार्टी एमाले निकट प्रेस चाैतारी र अन्य संगठनहरुकाे गठबन्धनकाे नेतृत्व गर्नुभएकाे थियाे ।

शाखाकाे अन्य पदाधिकारीहरु मध्ये उपाध्यक्ष खुल्लामा भण्डारीकाे समूहका रामप्रसाद तिमिल्सिना बिजयी हुनुभएकाे छ । प्रेस सेन्टर निकटका उहाँ १७२ मतका साथ विजयी हुनु भयाे । उपाध्यक्षमा लामिछाने समूहका अर्जुन गिरीले १२२ मत प्राप्त गर्नुभएकाे छ ।

महिला उपाध्यक्षमा जमुना वर्षा शर्माले १५१ प्राप्त गर्दा अर्की प्रत्यासी रबिना आलेमगरले १४३ मत पाउनु भएकाे छ ।

सचिवमा माधब बराल १५५  मतका साथ विजयी हुनुभएकाे छ । साे पदका अर्का प्रत्यासी दीपक परियारले १४१ मत ल्याउनु भएकाे छ।

सहसचिव खुल्लातर्फ श्रीराम सिग्देल विजयी हुनुभएकाे छ । सिग्देलले १७७ मत ल्याउँदा अर्का प्रत्यासी  एमबी आस्था मगरले ११५ मत पाउनुभएकाे छ ।

सहसचिव समावेशीतर्फ रेम बिक १६८ मतका साथ विजयी हुनुभएकाे छ । साेही पदका प्रत्यासी दीपक के. श्रेष्ठले १२४ मत प्राप्त गर्नु भएकाे हाे ।

काेषाध्यक्षमा कृष्ण दवाडी विजयी हुनुभएकाे छ ।  दवाडीले १७७  मत प्राप्त गर्दा अर्का प्रत्यासी एकराज गिरीले ११३ मत पाउनुभएकाे छ ।

विजयी हुनुभएका पदाधिकारीहरु मध्ये शर्मा र बराल चाैतारीबाट प्रत्यासी बन्नुभएकाे थियाे भने  सिग्देल नेपाल निकट प्रेस चाैतारीबाट प्रत्यासी हुनुभएकाे थियाे।  बिक प्रेस युनियन र दवाडी प्रेस सेन्टरबाट प्रत्यासी बन्नुभएकाे हाे ।

सदस्य महिला तर्फ सपना अधिकारी १४८ मत, दलित सदस्यमा विजय नेपाली १५६ मत, सदस्य जनजातिमा पदम श्रेष्ठ १५७ मत,  अन्य समावेशी तर्फ जैनव खातुनले १८३ मत प्राप्त गरी विजयी हुनु भएकाे छ । त्यसैगरी शाखाकाे सदस्यहरूमा धन बहादुर गुरूङ (सुमन) १५२ मत, शिवराज बस्ताकाेटी १४३ मत, हरि पन्त १३५ मत, युवराज गुरूङ (युनिश) १३१ मत, कञ्चन थापा १३० मत, गीता राना मगर १२९ मत, सन्ताेष सुवेदी १२९ मत, प्रभु अधिकारी १२८ मत, सन्ताेष बस्याल १२४ मतकासाथ विजयी हुनुभएकाे छ ।

राष्ट्रिय परिषद सदस्य जनजातितर्फ राजबहादुर गुरूङ १६३ मत, खुल्लातर्फ कमल पाैडेल अथक १५० मत, श्यामनाथ कुँवर १४२ मत, आरजु बिष्ट सल्यानी १२६ मत र गंगाधर पराजुली १२६  मतका साथ विजयी बन्नुभएकाे छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *