घरबाटै हरायो पल्सर मोटरसाईकल

आदर्श अनलाईन, बागलुङ
बागलुङ नगरपालिका–३ रातमाटाबाट घरमै राखिएको बाइक हराएको छ ।

रातामाटा जिम्मालथरबाट अजित सापकोटाको नाममा रहेको पल्सर कालो रातो रङ्गको ध १ प ९३४६ नम्बरको मोटरसाईकल घरबाटै हराएको छ ।

गत चैत्र २३ गते राती घरबाटै हराएको मोटसाईकल खोजी कार्य गर्दा समेत नभेटिएको सवारी धनी अजित सापकोटाले जानकारी दिनुभयो ।

सबै ट्राफिक कार्यालयमा मोटसाईकल हराएको जानकारी दिएको र खोजी कार्यलाई तिब्रता दिइएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचाना अधिकारी प्रहरी नायव उपरिक्षक इकबाल हवारीले जानकारी दिनुभयो ।

उहाँले बागलुङमा सुरक्षा चुनौती थपिदै गएको प्रति प्रहरी सजक बन्दै निगरानी बढाएको दावी गर्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *