जनता समाजवादीको प्रशिक्षण

आदर्श अनलाइन, बागलुङ
जनता समाजवादी पार्टी नेपाल म्याग्दीको राजनीति प्रशिक्षण कार्यक्रम बेनी बजारमा सम्पन्न भएको छ । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका उपाध्यक्ष किरण थापाले वर्तमान राजनीति परिस्थिति पार्टीको अवधारणाले कार्यकर्तालाई प्रशिक्षण दिएका थिए ।

अहिलेको वर्तमानमा अवस्थामा राजनीति तरलता छाएको जुनसुकै बेला राजनीतिले कोल्टे फेर्न सक्ने अवस्था रहेको थापाले बताए । सरकार परिवर्तनको हल्ला चलिरहेको त्यसको लागि जनता समाजवादी पार्टी निर्णायक अबस्थामा रहेको समेत प्रशिक्षण कार्यक्रममा बताएका थिए ।

कार्यक्रममा जनता समाजवादी पार्टी गण्डकी प्रदेश सदस्य तथा सिल्पि ईन्चार्ज भक्त बहादुर बिकले दलित र सिल्पि बिच अन्तर छुट्टाउन नसकेको हुदा यसमा राज्य स्पष्ट हुनुपर्ने धारणा राखेका थिए ।कार्यक्रममा जिल्लाका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

जनता समाजवादी पार्टी नेपालका म्याग्दीका अध्यक्ष देवेन्द्र विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रम संचालन जिल्ला सचिव मानसिंह रसाइली ले गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *