पेट्रोल पम्पमा जलेर एक घाइते

आदर्श अनलाइन, पोखरा
 पोखरामा पेट्रोल पम्पमा काम गर्ने क्रममा ग्याँसले पोलेर एक पुरुष घाइते भएका छन् ।

पोखरा १७ बिरौटाको जगदम्बा पेट्रोल पम्पमा  पम्पको मेशिन मर्मत तथा सरसफाइ गर्ने क्रममा ट्याङ्की भित्र जम्मा भएको ग्याँसले पोल्दा स्थानीय ६१ वर्षीय वासु थापा घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

घाइते थापाको चरक मेमोरियल अस्पताल पोखरामा उपचार भइरहेको वरिष्ठ उपरीक्षक पोखरेलले जानकारी दिनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *