आदर्श अनलाइन, धनगडी
राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय धनगढीको आयोजनामा धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालय धनगढी उपमहानगरपालिकामा अध्ययनरत विद्यार्थीहरुका बीच वित्तीय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
युवा विद्यार्थीहरुलाई सहकारी क्षेत्रका बारेमा अध्ययन, अनुसन्धान गरी यसको प्रवद्र्धनमा सहयोग पु¥याउने लक्ष्यका साथ सहकारी बैंकले पहिलो चरणमा ६८ वटै शाखामार्फत एक एक वटा विद्यालयले सहकारी बाल क्लव गठन गर्ने योजना अनुसार अगाडि बढेको बैंकले जनाएको छ ।
विद्यार्थीहरुको भेलाले चेतना सिंहको अध्यक्षतामा ९ सदस्यीय धनगढी नमुना सहकारी बाल क्लव गठन गरेको छ । क्लवको उपाध्यक्षमा मनिषा तिमल्सिना, सचिवमा देपेश गिरी, कोषाध्यक्षमा निर्मला रायमाझी तथा सदस्यहरुमा सुरक्षा जोशी, पुस्कर ठगुन्ना, रनिता चौधरी र झविराज भट्ट रहनु भएको छ । क्लवको संरक्षकमा विदालयका प्रधानाध्यापक लक्ष्मणदत्त भट्ट रहनु भएको छ ।
कार्यक्रममा वित्तीय साक्षरत र सहकारी बैंकको भूमिका विषयमा बैंकको धनगढी शाखाका प्रमुख कृष्ण रावलले सहजीकरण गर्नु भएको थियो । राष्ट्रिय सहकारी बैंक धनगढी शाखा समन्वय उपसमितिका सदस्य कैलाश दाहालले विद्यार्थीहरुलाई सहकारीको संरचना लगायत अवस्था र गर्ने कार्यहरुका बारेमा सचेत बनाउने उद्देश्यले सञ्चालित कार्यक्रमले सहकारी अभियानलाई व्यवस्थित गर्न सहयोग पुग्ने धारणा राख्नुभयो ।