राष्ट्रिय सहकारी बैंकले ग¥यो संरक्षित पूँजी फिर्ता कोषको रकम बाँडफाँड

आदर्श अनलाईन, बागलुङ

राष्ट्रिय सहकारी बैंकले सहकारी ऐन २०७४ तथा नियमावली २०७५ को प्रावधान अनुरूप आर्थिक वर्ष २०७६/०७७ को संरक्षित पूँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँड गरेको छ ।

बैंकले संरक्षित पूँजी फिर्ता कोषबाट प्राप्त हुने रकम यस सहकारी बैंकमा नियमित कारोबार गर्ने संघ÷संस्थाको खातामा जम्मा गर्ने व्यवस्था मिलाएको एक प्रेस विज्ञप्ती जारी गर्दै जानकारी दिएको हो । सदस्य संघ/सस्थाले जम्मा गरेको बचत रकमको लागी ४० प्रतिशत र कर्जामा तिरेको ब्याजको लागि ६० प्रतिशत भारको आधारमा संरक्षित पूँजी फिर्ता कोषको रकम बाँडफाँड गरेको हो ।

बचत र कर्जा कारोबार गर्ने १२ हजार ४६ संघ/संस्थाहरु आ.व. २०७६/०७७ को संरक्षित पूँजी फिर्ता कोष बाट लाभान्वित भएका छन् । बचत र कर्जामा उच्च कारोबार गरी योगदान गरेवापत सबैभन्दा बढी रकम फिर्ता पाउने सदस्यले बचत तर्फ रु. ४३ लाख चार हजार सम्म र कर्जा तर्फ रु. १२ लाख १८ हजार सम्म प्राप्त गर्न सफल भएको राष्ट्रिय सहकारी बैंकका सुचना अधिकारी किशोर प्रसाद बिमलीले जानकारी दिनुभयो ।

रु.५० हजार भन्दा बढी संरक्षित पूँजी फिर्ता कोष रकम प्राप्त गर्ने सहकारी संघ/संस्थाहरु ५४९ रहेका छन् । यस अघि बैंकले आफ्ना सदस्य सहकारी संघ/संस्थाहरुलाई आ.व. २०७६/०७७ को लागि बैंकको १७ औं साधारण सभाबाट पारित गरि १५ प्रतिशत लाभांश वितरण गरिसकेको छ । बैंकले नियमित बचत तथाकर्जाको कारोबार गर्ने र संरक्षित पूँजी फिर्ता कोषबाट रकमपाउने सम्पूर्ण सहकारी संघ÷संस्थाहरुलाई हार्दिक बधाई व्यक्तगर्दै आगामीदिनहरुमा समेत सहकारी बैंकमा कारोबार गरी संरक्षितपूँजीफिर्ता कोषबाट लाभलिन अनुरोध समेत गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *