पत्रकार थकालीसहित ४ स्रष्टा सम्मानित

जोमसोम : मुस्ताङका पत्रकार सुन्दरकुमार थकालीसहित ४ जना स्रष्टा सोमबार सम्मानित भएका छन् । उनीहरुलाई मुस्ताङको थासाङ—२ मा स्थापना भएको ओमविकास तथा देउकुमारी स्मृति प्रतिष्ठानले संयुक्त रुपमा मुस्ताङको थाकथलो कोवाङमा एक समोराहकाबीच सम्मान गरेको हो ।

२०६२ साल चैत्र ६ गते अकल्पनीय घटनामा परी दिंवगत हुनु भएका तत्कालिन सांसद ओम विकास गौचन तथा उहाकी धर्मपत्नी देउकुमारी गौचनको सम्झनामा ओम विकास तथा देउकुमारी स्मृति प्रतिष्ठान स्थापना गरिएको हो । प्रतिष्ठानले स्वर्गीय दम्पतीको सम्झनामा १५ औं स्मृति दिवस विभिन्न कार्यक्रम आयोजना ग¥यो ।

यसअघि प्रतिष्ठानले बर्सेनि मुस्ताङको शिक्षा ,स्वास्थ्य ,सामाजिक विकास ,पर्यटन र कृषिक्षेत्रको प्रर्वद्धनका लागि विविध कार्यक्रम गर्दै आईरहेको यसपटक भने मुस्ताङ जिल्लाका लागि योगदान गर्ने विभिन्न स्रष्टालाई सम्मानित गरेको प्रतिष्ठानकी अध्यक्ष सवी गौचन शेरचनले जानकारी दिईन् ।

हिमाली जिल्ला मुस्ताङका लागि योगदान गर्ने सम्मानित ४ स्रष्टालाई थासाङ गाउँपालिकाकी उपाध्यक्ष बालकुमारी शेरचन र प्रतिस्ठानकी अध्यक्ष सवी गौचनले दोसल्ला ओढाएर प्रमाणपत्र प्रदान गरी सम्मानीत गरिएको हो ।

मुस्ताङ जिल्लामा रही मुस्ताङको सुशासन ,समृद्धि र विकासका लागि पत्रकारिताको माध्यमबाट योगदान गर्दैआईरहेका पत्रकार सुन्दरकुमार थकालीसहित बेनीरजोमसोम सडकमा सुपरभाईजरको कार्यसम्पादन गर्दै बर्खायामको मौसममा मुस्ताङ यात्रा गर्नै तिर्थयात्रीको उद्दार र बेनी-जोमसोम सडकमा चल्ने सवारी साधनलाई सहज रुपमा गन्तब्य पू¥याउन योगदान दिने ईन्द्रसिंह शेरचन ,अन्तराष्ट्रिय आर्चरी प्रतियोगीतामा कास्य पदक बिजेता योगेन्द्र शेरचन र प्राथमिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको कृषि संकाय अन्र्तगत डिप्लोमा तहमा छात्रा तर्फ नेपाल प्रथम ९२०७५० र राष्ट्रपती विद्याभुषण २०७६ प्राप्त रोजिणा गौचनलाई प्रतिष्ठानले एकैसाथ सम्मान गरेको प्रतिष्ठानकी अध्यक्ष सवी गौचन शेरचनले जानकारी दिईन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *