सहकारी बैंकद्वारा पुतलीबजारमा सहकारी बाल क्लव गठन

आदर्श अनलाइन, स्याङ्जा
राष्ट्रिय सहकारी बैंक लिमिटेड पुतली बजार शाखा स्याङुजाको आयोजनामा त्रिभुवन नमुना आदर्श माध्यमिक विद्यालयमा सहकारी बाल क्लव गठन भएको छ ।

विद्यार्थीहरुलाई सहकारी सचेतना, वित्तीय साक्षरता लगायतका रचनात्मक तथा सृजनात्मक कार्यक्रममा अग्रसर बनाउने र विद्यार्थी अवस्था देखिनै सहकारीको महत्व बारेमा जानकारी गराउने उद्देश्यले क्लव गठन गरिएको बैंकले जनाएको छ ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडले देशभरका ६८ शाखा मार्फत सामुदायिक विद्यालयमा सहकारी बालक्लव गठन गर्ने र वित्तिय साक्षरता सम्वन्धी अभिमुखिकरण गराउने अभियान अन्तरतगत सहकारी बाल क्लव गठन गरिएको हो ।

नमुना आदर्श माविमा ८ र ९ कक्षामा अध्ययनरत विद्यार्थीहरुको प्रारम्भिक भेलाबाट नौ सदस्यीय शिवशक्ति सहकारी बालक्लव गठन गरिएको छ । समितिको अध्यक्षमा समिक्षा गोदार, उपाध्यक्षमा आयूष कोइराला, सचिवमा आर्जन पौडेल, कोषाध्यक्ष निरजमा आचार्य तथा सदस्यहरुमा जया गुरुङ्ग, क्रियाशा गुरुङ्ग, आयूष अर्याल, समृद्धी पोखरेल, प्रसिद्ध चापागाई रहनु भएको छ । बाल क्लवको संरक्षकमा विद्यालयका शिक्षक महेशराज रेग्मी रहनु भएको छ ।

कार्यक्रममा जिल्ला सहकारी संघ स्याङ्जाका अध्यक्ष लक्ष्मीपति पैडेल, बिद्यालयका प्रधानाध्यापक मुक्ती प्रसाद रेग्मी लगायतले सहकारी बैंकले विद्यार्थीहरुलाई सहकारीका बारेमा सचेत बनाउने अभियान सञ्चालन गरेर महत्वपूर्ण काम गरेको बताउनु भएको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मल कुमार शेरचनको अध्यक्षता, शिक्षक महेशराज रेग्मीको स्वागत र राष्ट्रिय सहकारी बैंक पुतलीबजार शाखाका कर्मचारी फनी नारायण कोइरालाको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा वित्तीय साक्षरताको परिचय, महत्व र आवश्यकताका बारेमा बैंकका शाखा प्रमुख पुष्पा कुमारी क्षेत्रीले सहजीकरण गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *