गलकोट बलात्कार प्रकरण : पाण्डेलाई १२ वर्ष कैद

आदर्श अनलाइन, बागलुङ

१५ वर्षीया बालिकालाई बलात्कार गर्ने युवालाई जिल्ला अदालत बागलुङले १२ वर्ष कैद सजाय फैसला गरेको छ ।

बागलुङको गलकोट नगरपालिकाका २९ वर्षीय थम्मन बहादुर पाण्डेलाई जिल्ला न्याधिश बासुदेव न्यौपानेको चैत ३१ गतेको इजलाशले बलात्कार कसुर ठहर गर्दै १२ वर्ष कैद सजाय फैसला गरेको हो ।

कैद सँगै पाण्डेले पीडित बालिकालाई ८० हजार रुपैयाँ क्षतीपूर्ती समेत दिनुपर्ने फैसला गरेको जिल्ला अदालत बागलुङका सूचना अधिकारी सुर्यप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

२०७६ मंसिर २३ गते देखि पुस २ गते सम्म बालिकालाई डर धम्की देखाएर निरन्तर बलात्कार गरेको भन्दै बालिकाका आफ्न्तले ०७६ फागुन ५ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए । प्रहरीले पाण्डेलाई २०७६ फागुन ५ गते पक्राउ गरेको थियो ।

प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय मार्फत फागुन १४ गते जिल्ला अदालत बागलुङमा जबरजस्ती करणी शिर्षकमा मुद्धा दर्ता गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *