–आदर्श अनलाइन, बागलुङ
बागलुङमा हावा हुरी र वर्षा संगै परेको चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । बिहिबार साँझ चट्याङ लागेर जिल्लाको ताराखोलामा एक जनाको मृत्यु भएको छ ।
ताराखोला गाउँपालिका–२ सिले निवासी ४५ वर्षीय खिमलाल कँडेलको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो ।
कँडेललाई तत्कालै उपचारका लागि धौलागिरी अस्पताल पु¥याउदा अस्पतालले मृत घोषणा गरेको प्रहरीको भनाई रहेको छ ।
ताराखोलामा चट्याङ लागेर एक जनाको मृत्यु
