भगत सर्वजित प्रतिष्ठानका अध्यक्ष विकको मृत्यु


–आदर्श अनलाइन, बागलुङ

दलित आन्दोलनका अगुवा बागलुङका ओमबहादुर विकको कोरोना संक्रमणकोे कारण निधन भएको छ ।

कोरोना संक्रमण पश्चात काठमाण्डौको एक अस्पतालमा उपचाररत विकको शनिबार निधन भएको हो । विक विगत लामो समयदेखि दलित आन्दोलनको अगुवाई गर्दै आउनुभएको थियो ।
दलित मुक्तिका लागि लड्दै आउनुभएको भगत सर्वजनित विक प्रतिष्ठानका अध्यक्ष समेत रहनुभएका विकको निधनले दलित आन्दोलनमा अपुरणीय क्षति पुगेको प्रतिष्ठानका सचिव ताराबहादुर विकले बताउनुभयो । वि.स २०११ सालमा बागलुङ नगरपालिका–७ कालीमाटीमा उहाँको जन्म भएको थियो ।

विकले उत्पीडित दलित समुदायको सञ्जाल नगर तथा जिल्ला समितिको नेतृत्व समेत गर्नुभएको थियो । सुनचाँदी व्यवसाय गर्दै आउनुभएका विक नेपाल सुनचाँदी व्यवसाय बागलुङको पूर्वध्यक्ष हुनुहुन्छ । विक सक्रिय राजनीतिमा समेत सहभागी हुँदै आउनुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *