एमसीसीप्रति कांग्रेस सकारात्मक : नेतृ संग्रौला

–आदर्श अनलाइन, बागलुङ
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. डिला संग्रौलाले नेपाली कांग्रेस मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)प्रति सरकारात्मक भएको बताउनुभएको छ । देशको समृद्धि र भविश्य संग जोडिएको अमेरिकी सरकारबाट आउने अनुदान परियोजना एमसिसि प्रति कांग्रेस सकरात्मक भएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन बागलुङले आज बिहान बागलुङमा आयेजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कांग्रेस नेतृ संग्रौलाले अहिलेको सरकारले एमसिसि अगाडी बढाउनुपर्ने र त्यसमा कांग्रेसको साथ रहेको बताउनुभयो । ‘एमसिसि प्रति कांग्रेस सकारात्मक छ, अहिलेको सरकारले अगाडि बढाउनु पर्ने हो, विकास र समृद्धिका लागि कांग्रेस बाधक छैन’ नेतृ संग्रौलाले भन्नुभयो ।
उहाँले अहिलेको सरकारले गरेका सबै कार्य अलोकतान्त्रिक र असंवैधानिक भएको बताउदै कांग्रेसको नेतृत्वमा अबको सरकार बन्ने विश्वास व्यक्त गर्नुभयो ।

संग्रौलाले गण्डकी प्रदेशमा समेत कांग्रेसको नेतृत्वमा सरकार बन्न लागेको बताउदै वर्तमान प्रधानमन्त्री विरुद्धको आवाज गण्डकीबाट शुरु हुने जिकिर गर्नुभयो । उहाँले अहिलेको सरकारले अनावश्यक आयोग गठन गर्ने, कार्यकर्ता भर्ती गर्ने र ढुकुटी हिनामिना गर्ने गरेको आरोप लगाउनुभयो ।

अहिले बढिरहेको कोरोना जोखिममा समेत सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको बताउदै संग्रौलाले कोरोना नियन्त्रणमा सरकारलाई सघाइरहेको भएपनि उपलव्धी हासिर गर्न सरकार असफल भइसकेको बताउनुभयो । उहाँले सिंहदरबारबाट रिमोट थिचेर विकास निर्माण सम्भव नभएको भन्दै जनताको स्वास्थ्य शिक्षा हेर्न आग्रह गर्नुभयो । देशमा संकट परेको बेला नेपाली कांग्रेस मध्यमार्गी बन्दै समाधानमा लागेको भन्दै उहाँले अहिलेको राजनैतिक उल्झन छिट्टै समाधान भएर जाने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *