जिल्ला खेलकूद विकास समिति बागलुङको अध्यक्षमा कुमार खड्का


आदर्श अनलाइन, बागलुङ

जिल्ला खेलकूद विकास समिति बागलुङको अध्यक्षमा कुमार खड्का मनोनित हुनुभएको छ ।
आईताबार गण्डकी प्रदेश सरकरले गण्डकी प्रदेश परिषदलाई पूर्णता दिएसंगै खड्कालाई अध्यक्षमा मनोनित गरिएको हो । यस्तै उपाध्यक्षमा लोकेन्द्र केसी, सचिवमा तारा शर्मा र कोषाध्यक्षमा कल्पना श्रेष्ठलाई मनोनित गरेको हो ।

गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेश खेलकुद परिषदलाई पूर्णता दिए संगै बागलुङमा खड्का, केसी, शर्मा र श्रेष्ठ मनोनित हुनुभएको छ ।

यसै गरी मुस्ताङ जिल्लाको अध्यक्षमा मिनकुमारी शेरचन, सचिव बिनोद वि.सी, पर्वत जिल्लाको अध्यक्षमा हर्कमान गुरुङ, सचिव अदित गुरुङ मनोनित हुनभएको छ भने म्याग्दी जिल्लाको अध्यक्षमा दिनेश खत्री, सचिव तारामान रोक्का मनोनित हुनुभएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *