निसीखोलाका अग्नी पीडितलाई आर्थिक सहयोग

आदर्श अनलाइन, बागलुङ
निसीखोलाका अग्नी पीडितलाई राहत हस्तान्तरण गरिएको छ । विभिन्न संघ संस्था तथा देश विदेश रहेका नेपालीबाट संकलन भएको रकम पीडितलाई हस्तान्तरण गरेको आर्थिक संकलन संयोजक पुजन केसीले जानकारी दिनुभयो ।

आगलागी भएको दिनदेखि नै आर्थिक संकलन अभियान सुरु गरेको र ९७ हजार ८६६ रुपैयाँ संकलन पश्चात पीडितलाई हस्तान्तरण गरिएको उहाँको भनाई छ ।

संकलन भएको उक्त रकम आइतबार स्थानीय, जनप्रतिनिधिको उपस्थितीमा पीडित परिवारलाई राहत हस्तान्तरण गरिएको केसीले जानकारी दिनुभयो ।

गत चैत २६ गते निसीखोलामा गाउँपालिका वडा नम्बर ४ ओखरेनीमा आगलागी हुँदा २ घर जलेर नष्ट भएका थिए ।

आगलागीमा स्थानीय नरबहार क्षेत्रीको घर गोठ र नरि क्षेत्रीको घर पूर्ण रुपमा जलेको र थियो भने प्रेमबहादुर क्षेत्रीको घरमा आंशिक क्षति भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *