गण्डकी प्रदेश सभाको विशेष अधिवेशन वैशाख १३ गते

आदर्श अनलाइन, पोखरा

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन वैशाख १३ गते डाकिएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले वैशाख १३ गते विशेष अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख शेचरनले २ गते मध्यरातमा हिउँदे अधिवेशन अन्त्य गरेका थिए । सोही समयमा मुख्यमन्त्रीविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले संयुक्त अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

अविश्वासको प्रस्तावअघि हिउँदे अधिवेशन अन्त्य गरेको भन्दै तीनै दलले प्रदेश प्रमुखसमक्ष विशेष अधिवेशन माग गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *